दमकमा रहेकाे शर्बेश्वरी कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सम्पन्न

दमक । दमक ६मा रहेको शर्बेश्वरी कृषि सहकारी संस्थाको शेयर पुँजी ३८ लाख ५६हजार ८सय ?पैयाँ रहेको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संस्थाले तेस्रो बार्षिक साधारण सभासम्ममा  १ करोड ८० लाख ८५ हजार २सय ९० ऋण लगानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । बार्षिक प्रगति प्रतिवेदन सार्वजनिककरण कार्यक्रममा अध्यक्ष सन्तकुमार राईले सहकारीले अहिले दमक भर कारोवार गरिरहेको र संस्थामा ८सय ३४ जना शेयर रहेका छन् भने ६ जना कर्मचारी कार्यरत रहेको बताउनुभयो । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा उत्कृष्ट कारोबार,उत्कृष्ट बचत,उत्कृष्ट बाल बचत,उत्कृष्ट कर्जा र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ । संसथाकी ब्यबस्थापक जयमिला राईले स्वागत गरेको कार्यक्रम देशराज नेनम्बाङले संचालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्