दमक / झापा दमकका दुई युवा मेची देखी महाकाली सम्मकाे करिब १ हजार ३१ किलाेमिटर पैदल यात्रा गर्ने भएका छन् ।
मेचीनगर ६ घर भइ दमक बसाेबास गर्ने वर्ष ४१ का सुरेस उप्रेती र दमकका खगेन्द्र निराैला पदयात्रा निस्किने तयारी गरिरहेका छन् । भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि समेत पदयात्रामा निस्कन लागेकाे मंगलबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।
मंसिर २० गते देखी महाकाली देखी यात्रा सुरू गर्ने बताएका छन् । उप्रेतीले यस अघि पनि दमक देखी ताप्लेजुङकाे पाथिभरा मन्दिर ३ पटक पैदल यात्रा गरिसकेकाे छन्र भने जम्मुकस्मीरकाे करिब ७५ किलाेमिटरकाे अमनाथ यात्राकाे समेत अनुभव लिइसकेका छन । उनी सगै पदयात्रामा जानलागेका दमक बहुमुखी क्याम्पसका विद्यार्थि समेत रहेका २१ वर्षिया निराैला भने पदयात्राकाे पहिलाे अनुभव गर्न लागेकाे बताउछन् ।
पदयात्रा पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि भनिए पनि पर्यटन विकासहरूबाट वा अन्य संस्थाहरूकाे सहयाेगबाट नभइ निजि खर्चमा यात्रा हुन लागेकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे ।