स्वदेश फिर्तीको माग सहित युएनएचसिआर गेटमै सुते भुटानी शरणार्थी

0
4399

दमक/ २८ बर्ष देखि झापा र मोरङ्गका बिभिन्न शरणार्थी शिविरमा बस्दै आएका शरणार्थी मध्ये स्वदेश फर्कन चाहाने शरणार्थीले आज दमकमा नाराजुलुश सहित स्वदेश फिर्तीको माग गरेका छन् ।

लामो समय देखि शरणार्थीहरुलाई रेखदेख गर्दैै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय निकायका दमक शाखा कार्यालय अघि स्वदेश फर्कन चाहाने शरणर्थीलाई स–सम्मान आफ्नो थातथलो प्राप्तीको ग्यारेन्टी सहित घर फिर्ती गराउँन माग गरेका छन् । दमकको भृकुटी चौक देखि नाराजुलुस सहित प्रतिनिधिमुलक नेतृत्वको यालीले यूएनएचसीआरको शाखा कार्यालय अगाडि सुतेर घर फिर्तीको माग राख्दै नारा लगाएका हुन् ।

राष्ट्रिय पुनर्मिलन समिति भूटानको आयोजनामा निकालिएको र्यालीले यूएनएचसीआर दमक शाखाका प्रमुख खालिद फान्सा मार्फत सँयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई पाँच बूँदे माग सहितको ज्ञापन पत्र बुझाएईएको छ । लामो समय देखि तेस्रो मुलुकको प्रकृया मात्र भएको र स्वदेश फर्कन चाहानेको माग सम्बोधन नभएकोले घर फिर्तीको अधिकार सुनिश्चित गर्न सँयुक्त राष्ट्र संघको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएको समितिका अध्यक्ष कृष्णविर तामाङले बताउनु भयो ।

बुझाइएको ज्ञापन पत्रमा झण्डै ३ दशक देखि शरणार्थी भएर बस्दा सामाजिक, आर्थिक र पारिवारिक संचरना सवै ध्वस्त भएको उल्लेख गरिएको छ । मानव अधिकार सम्बन्धी विश्व व्यापी घोषणा पत्रको धारा १३ को उपधारा २ को सम्मानपूर्वक घर फिर्ती हुन पाउने अधिकार सुनिश्चित गर्न आफूहरुले सँयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न र्याली सहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष तामाङले बताउनु भयो । हाल मोरङ्गको पथरी र झापाको वेलडाँगी शरणार्थी शिविरमा ७ हजार हाराहारीमा भूटानी शरणार्थीहरु रहेका छन्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here