स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल : दमक लखनपुर भेट्रान र हाम्राे इटहरी भेट्रान फाइनलमा

0
840

दमक / कमल गाउँपालिकामा सञ्चालन भएको स्व. मेजर टंक राई स्मृति ५ औं भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान क्लब र हाम्रो ईटहरी भेट्रान क्लबले  फाइनलमा स्थान सुरक्षित गरेका छन।

मंगलबार सम्पन्न  पहिलाे सेमी फाईनल खेलमा आयोजक टिम दमक लखनपुर भेट्रान क्लबले काकरभिट्टा  भेट्रान क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितकालागि दमक लखनपुर भेट्रान क्लबका लाेक बहादुर मगर र  सुवास आङथोपोले एक -एक  गाेल गरेका थिए । निर्धारित समय भन्दा अघिनै रेफ्रिकाे निर्णय चित्त नबुझेकाे भन्दै काकरभिट्टा  भेट्रान क्लब  खेलमैदान बाट बाहिरिएकाे थियाे ।

यस्तैगरि दोस्रो  सेमीफाइनल  युनाइटेड भेट्रान क्लब  बिराटनगर र हाम्रो इटहरी बिच भएको खेलमा हाम्रो इटहरी ले  बिराटनगरलाइ ५-३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय सम्म  एक -एक गाेलकाे बराबरी  भए पछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलकाे म्यान अफ दी म्याच पराजित टिम युनाइटेड भेट्रान क्लबका गाेल किप्पर छत्र मान कार्की घाेषित  भए ।

त्यसै गरी भाेलि बुधबार हुने फाइनल खेल दिनकाे १ बजे देखि दमक लखनपुर भेट्रान क्लब र हाम्रो भेट्रान क्लब इटहरी  बिच हुने आयोजक समितिका सचिब एल.बि. बिष्टले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु.१ लाख ५ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले नगर रु.५१ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट खेलाडी, डिफेन्डर, स्ट्राइक, गोल किपरलाई नगद समिति ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here