डिजी सर्भिस सप्ताह २०१९ : तेस्राे दिन निशुल्क  पानी बितरण

0
395

दमक / लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले अपाङ्ग दिवसकाे अवसरमा निशुल्क  पानी बितरण गरेकाे छ ।

लायन्स क्लब इन्टरन्यासनल डिस्टिक 325 A1 को डिसेम्बर १ देखि सुरू भएकाे डिस्टिक गभर्नर सप्ताह काे तेस्राे कार्यक्रम अन्तरर्गत मंगलबार लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्स ले दमक पशुहाटमा दमक अपाङ्ग सहयोग समितिले अायाेजना गरेकाे बृहत सास्कृतिक कार्यक्रममा निशुल्क पिउने पानी बितरण गरेकाे छ  ।  डिजी सर्भिस सप्ताहलाइ लक्षित गरी गरीएकाे  कार्यक्रममा ५० कार्टुन बढी पिउने पानि बितरण गरीएकाे लायन्स क्लब अफ दमक इस्टर्न लायन्स अध्यक्ष तुलसी राम तिम्सिनाले जानकारी दिए ।

साप्ताहिक रूपमा चल्ने डिजी सर्भिस सप्ताह २०१९ अन्तर्गत पहिलाे दिन आइतबार डिसेम्बर १ का दिन विश्व एच आइ भी एड्स दिवसकाे अवसरमा डा.अमृत कुमार पाेख्रलका सहयाेगमा दमकका  चालिस जना बिध्यार्थीहरूलाइ एच आइ भी एड्सका जस्ताे प्राणघातक रोगका बारेका जनचेतना मुलक कार्यक्रम गरीएकाे थियाे भने दाेस्राे  साेमबार  दमक चाैकमा रक्तदानकाे कार्यक्रम गरीएकाे थियाे

अन्य कार्यक्रमहरूमा  डिसेम्बर ४ मा कमल गाउपालिका ६ स्थित नुतन एग्राे इण्ड्रटिजका मजदुरहरूकाे मधुमेह परिक्षण शिबिर, डिसेम्बर ५ मा दमक २ स्थित हाम्राे बाल आश्रममा रहेका बालबालिकाहरू लाइ न्यानाे कपडा बितरण, डिसेम्बर ६ मा दमक ५ स्थित धनेश्वर मन्दिर सरसफाइ र डिसेम्बर ७ मा सप्ताहकाे अन्तिम कार्यक्रम अन्तर्गत बिहान दमक ४ मा रहेकाे रत्न बृद्व आश्रममा रहेका बृद्वहरूलाइ खाना खुवाइ दिउसाे लियो क्लब र लायन्स क्लब अफ दमक इस्टर्न लायन्स बिच मैत्रीपुर्ण फुटसल खेली डिजी सर्भिस सप्ताह २०१९ काे समापन गर्ने लायन्स क्लब अफ दमक इस्टर्न लायन्स का सचिब राज अग्रवालले जनाकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here