अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, लायन्स क्लब युनाइटेड द्वारा दैनिक उपभाेग्य सामान बितरण

0
687

दमक /  लायन्स क्लब युनाइटेडले अपाङ्ग बाल बालिकालाइ लक्षित गरी दैनिक उपभाेग्य सामाग्री बितरण गरेकाे छ ।

अाज विश्व अपाङ्ग दिवसकाे अवसर पारेर दमकमा रहेकाे लायन्स क्लब अफ युनाइटेडले दमक ९ स्थित सरस्वती माविमा रहेका १३ जना दृष्टि विहिन बाल बालिका लाइ दैनिक उपभाेग्य सावुन, सरफ, तेल, ब्रस, काेलगेट, भुजा, बिस्कुट लगायतका सामाग्री बितरण गरेकाे छ ।

अरूकाे तुलनामा अपाङ्ग बाल बालिकाकाे स्वास्थ्यलाइ अझै बढी ध्यान पुर्याउनु पर्ने भन्दै बालिकाकाे ब्यतिगत स्वस्थ्यलाइ मध्य नजर गरी स्वास्थ्य संग प्रत्यक्ष सराेकार राख्ने सामाग्री बितरण गरीएकाे लायन्स क्लब अफ युनाइटेडका अध्यक्ष सन्दिप बस्नेतले जानकारी दिए ।

बिध्यालयका सह प्रधान अध्यापक नर बा. थापाकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रमा क्लबका सदस्यहरू बिध्यालयका शिक्षक ,बिध्यार्थी लगायतकाे उपस्थित रहेकाे लायन्स क्लब अफ युनाइटेडका काेषाध्यक्ष गाेपाल गजमेरले जनकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here