स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल : दमक लखनपुर भेट्रान र हाम्राे इटहरी भेट्रान क्लब बिजयी

0
449

दमक / साेमबार भएकाे खेलमा दमक लखनपुर भेट्रान क्लब र हाम्राे इटहरी भेट्रान क्लब बिजयी भएका छन् ।

दमक लखपुनर भेट्रान क्लवको आयोजनामा भइरहेकाे स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल प्रतियोगिता २०७६ काे पाँचौ संस्करण  मंसिर १५ गते देखि सुरू भएकाे छ । झापा कमल गाउँपालिका स्थित गुहेश्वरी नि.मा.वि.को खेलमैदानमा भएकाे भेट्रान फुटबल प्रतियाेगिता अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा  दमक लखनपुर भेट्रान क्लब ५-३ ले बिजयी भएकाे छ । एभरेष्ट भेट्रान क्लब मोरङ संग भएकाे खेलमा खेल सुरू भएकाे तिस सेकेन्डमा दमक लखनपुर भेट्रानका सुन्दर नेपालकाे पासलाइ  सदुपयाेग गर्दै जर्सी नम्बर १३ का बिकास राइले खेलकाे पहिलाे गाेल गरी टिम लाइ अग्रता दिलाएका थिए । त्यस पछी लगत्तै तिन मिनेटमा जर्सी नम्बर ११ का सुन्दर नेपालले गाेल गरे,  एक दमै  प्रतिस्पधात्मक भएकाे खेलमा बिजय टिमका जर्सी नम्बर १० का सुबास आङ्थुप्पाेले ह्याट्रिक सहित  ३ गाेल गरे । पराजित  टिमका तर्फ बाट जर्सी नम्बर ७ का छत्र लिम्बु,जर्सी नम्बर ११का बिमल लिम्बु र  जर्सी नम्बर  ९ का मुस्कान मियाले एक एक गाेल गरका थिए ।  खेलकाे म्यान अफ दी म्याच बिजेता टिमका आङ्थुप्पाे घाेषित भए ।

साेमबारनै  भएकाे दाेस्राे  खेलमा हाम्रो भेट्रान  क्लब इटहरीले २-० गाेल अन्तरले जित हासिल गरेकाे छ । विर्तामोड भेट्रान क्लब संग भएकाे खेलमा खेलकाे पहिलाे  हाफ गाेल रहित बराबरीमा सकिएकाे थियाे । दाेस्राे हाफकाे सुरूमै निकैनै  आक्रामक खेलेकाे हाम्रो भेट्रान क्लब इटहरीका जर्सी नम्बर ७ का लिला राज मगरले  खेलकाे  ७ मिनेटमा  पहिलाे गाेल गरी टिमलाइ अग्रता दिलाए, त्याे लगत्तै खेलकाे आठाै मिनेटमा हाम्रो भेट्रान जर्सी नम्बर १४ का तिर्थ बहादुर याक्साेले  गरेकाे गाेल नै खेलकाे अन्तिम  गाेल बन्न पुग्याे । खेलकाे म्यान अफ दी म्याच बिजेता टिमका  लिलाराज मगर घाेषित भए ।

पाँचौ संस्करणमा ८ टिमको सहभागिता रहकाे जनाइएको छ । जसमा आयोजक समिति दमक लखनपुर भेट्रान क्लव, काकरभिट्टा भेट्रान झापा, चन्द्रगढी भेट्रान झापा, एभरेष्ट भेट्रान मोरङ, धरान भेट्रान सुनसुरी, युनाइटेड भेट्रान विराटनगर, विर्तामोड भेट्रान झापा र हाम्रो भेट्रान इटहरीको सहभागीता रहकाे आयोजक समितिका अध्यक्ष भोजकुमार राईले बताए ।

त्यसै गरी भाेलि मंगलबारकाे पहिलाे पहिलाे सेमिफाइनल दमक लखनपुर भेट्रान क्लव र काकरभिट्टा भेट्रान झापा बिच हुनेछ भने दाेस्राे सेमिफाइनल खेल हाम्रो भेट्रान इटहरी र युनाइटेड भेट्रान विराटनगर बिच हुने आयोजक समितिका सचिब एल.बि. बिष्टले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु.१ लाख ५ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले नगर रु.५१ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट खेलाडी, डिफेन्डर, स्ट्राइक, गोल किपरलाई नगद समिति ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here