डिजी सर्भिस सप्ताह २०१९ : दाेस्राे दिन रक्तदान कार्यक्रम सम्पन्न

0
304

दमक / लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्स ले अाज रक्तदान कार्यक्रम गरेकाे छ ।

लायन्स क्लब इन्टरन्यासनल डिस्टिक 325 A1 को डिसेम्बर १ देखि सुरू भएकाे डिस्टिक गभर्नर सप्ताह काे दाेस्राे कार्यक्रम अन्तरर्गत साेमबार लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्स ले दमक चाैकमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।   डिजी सर्भिस सप्ताहलाइ लक्षित गरी गरीएकाे रक्तदान कार्यक्रममा कुल उनन्साठ्ठी प्रिन्ट रगत संकलन भएकाे   लायन्स क्लब अफ दमक इस्टर्न लायन्स अध्यक्ष तुलसी राम तिम्सिनाले जानकारी दिए ।

साप्ताहिक रूपमा चल्ने डिजी सर्भिस सप्ताह २०१९ अन्तर्गत पहिलाे दिन आइतबार डिसेम्बर १ का दिन विश्व एच आइ भी एड्स दिवसकाे अवसरमा डा.अमृत कुमार पाेख्रलका सहयाेगमा दमक ६ स्थित ग्लाेबल एजुकेशन एकेडेमीका कक्षा १० का चालिस जना बिध्यार्थीहरूलाइ एच आइ भी एड्सका जस्ताे प्राणघातक रोगका बारेका जनचेतना मुलक कार्यक्रम  गरीएकाे थियाे  .

अन्य कार्यक्रमहरूमा  डिसेम्बर ३ मा २८ आै अन्तराष्ट्रिय अपाङ्गता दिवस दमकमा हुने सांगितिक कार्यक्रममा निशुल्क पानि वितरण, डिसेम्बर ४ मा कमल गाउपालिका ६ स्थित नुतन एग्राे इण्ड्रटिजका मजदुरहरूकाे मधुमेह परिक्षण शिबिर, डिसेम्बर ५ मा दमक २ स्थित हाम्राे बाल आश्रममा रहेका बालबालिकाहरू लाइ न्यानाे कपडा बितरण, डिसेम्बर ६ मा दमक ५ स्थित धनेश्वर मन्दिर सरसफाइ र डिसेम्बर ७ मा सप्ताहकाे अन्तिम कार्यक्रम अन्तर्गत बिहान दमक ४ मा रहेकाे रत्न बृद्व आश्रममा रहेका बृद्वहरूलाइ खाना खुवाइ दिउसाे लियो क्लब र लायन्स क्लब अफ दमक इस्टर्न लायन्स बिच मैत्रीपुर्ण फुटसल खेली डिजी सर्भिस सप्ताह २०१९ काे समापन गर्ने लायन्स क्लब अफ दमक इस्टर्न लायन्स का सचिब राज अग्रवालले जनाकारी दिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here