लायन्स डिजी सर्भिस सप्ताह २०१९ सुरू, दमक इस्टर्न लायन्स र लियो क्लबले ल्यायाे यस्ताे कार्यक्रम

0
468

दमक /  लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्स ले डिजी सर्भिस सप्ताह २०१९ आइतबार बाट सुरुगरेको छ ।

लायन्स क्लब इन्टरन्यासनल डिस्टिक 325 A1 को डिसेम्बर १ देखि सुरू भएकाे डिस्टिक गभर्नर सप्ताह  डिसम्बर ७ सम्म रहने छ । डिजी सर्भिस सप्ताहलाइ लक्षित गरी लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले आफ्नाे साप्ताहीक सर्भिस कार्यक्रम सर्वजनिक गरेकाे लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका अध्यक्ष तुलसी राम तिम्सिनाले जानकारि दिए ।

साप्ताहिक रूपमा चल्ने डिजी सर्भिस सप्ताह २०१९ अन्तर्गत पहिलाे दिन आइतबार डिसेम्बर १ का दिन विश्व एच आइ भी एड्स दिवसकाे अवसरमा डा.अमृत कुमार पाेख्रलका सहयाेगमा दमक ६ स्थित ग्लाेबल एजुकेशन एकेडेमीका कक्षा १० का चालिस जना बिध्यार्थीहरूलाइ एच आइ भी एड्सका जस्ताे प्राणघातक रोगका बारेका जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेकाे लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका उपाध्यक्ष युवराज खत्रीले बताए ।

यस्तै अन्यकार्यक्रम हरूमा डिसेम्बर २ मा दमक चाैकमा रक्तदान, डिसेम्बर ३ मा २८ आै अन्तराष्ट्रिय अपाङ्गता दिवस दमकमा हुने सांगितिक कार्यक्रममा निशुल्क पानि वितरण, डिसेम्बर ४ मा कमल गाउपालिका ६ स्थित नुतन एग्राे इण्ड्रटिजका मजदुरहरूकाे मधुमेह परिक्षण शिबिर, डिसेम्बर ५ मा दमक २ स्थित हाम्राे बाल आश्रममा रहेका बालबालिकाहरू लाइ न्यानाे कपडा बितरण, डिसेम्बर ६ मा दमक ५ स्थित धनेश्वर मन्दिर सरसफाइ र डिसेम्बर ७ मा सप्ताहकाे अन्तिम कार्यक्रम अन्तर्गत बिहान दमक ४ मा रहेकाे रत्न बृद्व आश्रममा रहेका बृद्वहरूलाइ खाना खुवाइ दिउसाे लियो क्लब र लायन्स क्लब अफ दमक इस्टर्न लायन्स बिच मैत्रीपुर्ण फुटसल खेली डिजी सर्भिस सप्ताह २०१९ काे समापन गर्ने लायन्स क्लब अफ दमक इस्टर्न लायन्स का सचिब राज अग्रवालले जनाकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here