स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल : काकरभिट्टा भेट्रान क्लब र युनाइटेड भेट्रान क्लब बिजयी

0
577

दमक / आइतबार भएकाे खेलमा काकरभिट्टा भेट्रान क्लब र युनाइटेड भेट्रान क्लब बिजयी भएका छन् ।

दमक लखपुनर भेट्रान क्लवको आयोजनामा भइरहेकाे स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल प्रतियोगिता २०७६ काे पाँचौ संस्करणका आज आइतबारदेखी सुरू भएकाे छ । कमल गाउँपालिका स्थित गुहेश्वरी नि.मा.वि.को खेलमैदानमा भएकाे भेट्रान फुटबल प्रतियाेगिता अन्तर्गत पहिलाे खेल काकरभिट्टा भेट्रान झापा र चन्द्रगढी भेट्रान झापाबीच र दाेस्राे खेल धरान भेट्रान सुनसुरी र युनाइटेड भेट्रान विराटनगरकाे बिच खेल भएकाे छ ।

आज भएकाे उद्वाटन खेलमा काकरभिट्टा भेट्रान क्लबले र चन्द्रगढी लाइ ४-० गाेलले जितेकाे छ । जीतका लागि काकरभिट्टा भेट्रानका दिलु कार्कीले ३ गाेल गरे भने थप एक गाेल नरेन्द्र खरेलले गरेकका थिए । खेलकाे म्यान अफ दी म्याच बिजेता टिमका दिलु कार्की घाेषित भए ।

आइतबारनै भएकाे दास्राे खेलमा युनाइटेड भेट्रान क्लब विराटनगरले १-० गाेल अन्तरले जित हासिल गरेकाे छ ।धरान भेट्रान क्लब संग भएकाे खेलमा हाफकाे अन्तिम ३ मिनेमा युनाइटेड भेट्रानका जर्सी नम्बर सातका महेन्द्र विश्वासले गाेल गरी टिमलाइ जित दिलाएका थिए । खेलकाे म्यान अफ दी म्याच बिजेता टिमका गाेल किप्पर चन्द्रमान कार्कि घाेषित भएका थिए ।

पाँचौ संस्करणमा ८ टिमको सहभागिता रहने जनाएको छ । जसमा आयोजक समिति दमक लखनपुर भेट्रान क्लव, काकरभिट्टा भेट्रान झापा, चन्द्रगढी भेट्रान झापा, एभरेष्ट भेट्रान मोरङ, धरान भेट्रान सुनसुरी, युनाइटेड भेट्रान विराटनगर, विर्तामोड भेट्रान झापा र हाम्रो भेट्रान इटहरीको सहभागीता रहकाे
आयोजक समितिका अध्यक्ष भोजकुमार राईले बताए ।

त्यसै गरी भाेलिकाे साेमबारकाे पहिलाे खेल दमक लखनपुर भेट्रान क्लव र एभरेष्ट भेट्रान मोरङ बिच हुनेछ भने दाेस्राे खेल विर्तामोड भेट्रान र हाम्रो भेट्रान इटहरी बिच हुने खेल समिति संयोजक मिन मगरले जानकारी दिए ।

प्रतियोगि खेलमा प्रथम हुनेले नगद रु.१ लाख ५ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले नगर रु.५१ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट खेलाडी, डिफेन्डर, स्ट्राइक, गोल किपरलाई नगद समिति ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here