पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

0
517

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले टिचिङ अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजा शाहले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेर आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।पूर्वराजा शाहको स्वास्थ्य लाभको कामनाको सन्देश लिएर उनका निजी सचिव पशुपति भक्त महर्जन मनमोहन सेन्टरमै पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएकाले आज बिहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको एपेन्डिक्सको आजै शल्यक्रिया पछि आइसियुमा राखिएको छ । उनी अझै केही दिन अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here