दमक अस्पताल : चिकित्सक बिदामा, भर्खरै सुरू गरेकाे अप्रेसन सेवा बन्द

0
1109

दमक / दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा प्रसुती सेवा बन्द भएको छ ।

अस्पतालका महिला तथा स्त्री रोग बिषेसज्ञ डाक्टर सुरक्षा बाँस्कोटा बिदा लिएर गएपछि अस्पतालको सेवा प्रभावित भएको हो । जिल्ला अस्पतालको सुबिधा उपलब्ध गराउने गरी स्तरउन्नती भएको अस्पतालमा अहिले प्रशुती सेवा लिन गएका बिरामीहरुलाई अन्तै रिफर गर्नु पर्ने बाध्यता रहेको अस्पतालका एक चिकित्सकले बताए । प्रसुति रोग बिषसज्ञ डाक्टर बाँस्कोटा  घरायसी समस्याका कारण तिहार लगत्तै ९८ दिनको विदा स्विकृत गरेर गएकी छन् । त्यसपछि अस्पतालमा प्रशुतीका लागी पुगेका बिरामीहरुलाई अन्यत्र रेफर गरिंदै आएको छ ।

यस बिषयमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर तपन कुमार शालाई जिज्ञासा राख्दा अस्पतालका सुचना अधिकारीलाई बुझ्नु भन्ने जवाफ दिनु भयो । सुचना अधिकारी नगेन्द्र भट्टराईले डाक्टर बाँस्कोटा बिदामा गए पनि अप्रेसन गर्नु पर्ने जटिल खालको बिरामी मात्रै रेफर गरिएको र सामान्य सुत्केरीलाई अस्पतालमै सेवा दिईरहेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here