प्रधानमन्त्री ओलीको अपरेशन सकियो, आराम गर्न चिकित्सककाे सुझाव

0
511

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) पूरा भएको छ ।

मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिक्समा संक्रमण (एपेन्डिसाइटिस) भएको देखिएपछि अपरेशन शुरु गरिएको थियो ।

करिब ४५ मिनेटको समयमा प्रधानमन्त्री ओलीको अपरेशन पूरा भएको हो । पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ः४० बजेतिर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगिएको थियो ।

डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here