कखराले खोज्यो शिक्षामा परिवर्तन, अचानक फिल्महलमा विधार्थी

0
468

दमक मंसीर ८  / दण्डरहित शिक्षा कार्यान्वयनमा जोड दिन शिक्षक, अभिभावक र विधार्थीे स्वयम्को भूमिका के हुनु पर्छ भन्ने सन्देश दिने डकुमेन्ट्री फिल्म कखरा आइतबार दमकको पाथिभरा हलमा पर्दशन भएको छ ।

पत्रकारहरुको समूह मिलेर रिसर्चबाट निर्माण गरिएको फिल्मले शिक्षामा सकरात्मक परिवर्तनमा सहयोग पुग्ने फिल्मका लेखक तथा निर्देशक पत्रकार डिकेश लामाले बताए । पत्रकारितामा २ दशक देखि सक्रिय पत्रकार लामाले निर्देशन गरेको दोस्रो फिल्म कखरा हेरेर कतिपय विधालयमा शैक्षिक गतिविधिमा परिवर्तन समेत आएको दावी गरे ।

आइतबार कमल गाउँपालिकाको फोनिक्स, लालिमा, पाथिभरा, वोण्डर ल्याण्ड र निहारिका स्कूलका ६ सय विधार्थी, अभिभावक, शिक्षकले फिल्म हेरेका छन् । फिल्म हेरेर विधार्थी तथा शिक्षकले राम्रो सन्देश दिने र सवैले एक पटक हेर्नु पर्ने फिल्म भएको प्रतिकृया दिएका छन् ।

फिल्मले शिक्षा विधी, पद्धति र यसमा सहभागी हुने राज्य समेतको दायित्व पुरा नगरे बाल भविष्य अन्धकार हुने र सवैले सकरात्मक भूमिका निर्वाह गर्नु पर्ने अति राम्रो सन्देशमा बनेको फिल्म एक पटक सवै विधार्थी, अभिभाक र शिक्षकले हेर्नु पर्ने निहारिका स्कूलका कोडिनेटर कमानसिंह कार्कीले बताए ।

३ बर्ष अघि पत्रकारहरुको टीमले विधालयमा भएको सत्य घटनामा निर्माण गरिएको फिल्म अहिले पूर्वी नेपालको इटहरी, इनरुवा र झापामा प्रदर्शन गर्न थालिएको हो । फिल्ममा राजेश हमाल, गिनिजबुक अफ द रेकर्डमा कलिला उमेरका निर्देशकमा नाम लेखाउन सफल सौगात विष्ट, नायक भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, पत्रकार श्रीकृष्ण न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ । वास्तविक घटनामा निर्माण गरिएको कखरा डकुमेन्ट्री यो महिना देखि झापाका विभिन्न विधालयमा हाम्रो बाल आश्रमका बालबालिकाको सहयोगार्थ थालिएको आश्रमका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here