पर्यटन प्रवर्धन गर्न दमकबाट पैदलयात्रा

0
503

दमक/ आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पुरयाउन झापाको दमकबाट पूर्वी पहाडी जिल्ला पाँचथर र इलामको संगमस्थल पञ्चमी बजार सम्म यहि मसिंर २५ गते दमकबाट पञ्चमीसम्म पैदलयात्रा हुने भएको छ ।

ताप्लेजुङ, तेह्रथुम पाचँथरबाट तराई जोड्ने पौराणिक मार्ग पेरुङ्गेको चेप हुँदै तराई सम्म आईपुग्ने भएकाले पनि यो पैदलयात्रा विशेष महत्वको रहनेछ । होटल व्यवसायी संघ माइपश्चीम क्षेत्रीय समिति अध्यक्ष समेत रहेका यहाँका पर्यटन व्यवसायी राजन दंगालका अनुसार स्थानीय व्यवसायी तथा विभिन्न सामाजिक संघ संस्थाहरुबाट करीब १०० जनालाई पैदल यात्रामा सहभागी गराईनेछ ।

करीब ४० किलोमिटर दुरीको सो पैदलयात्रा पर्यटन बर्ष २०२० को स्वागतका लागि हुने अध्यक्ष दंगालले बताउनु भयो । पैदलयात्राका क्रममा सो क्षेत्रमा रहेको चुरे , पहाड, डाँडाकाँडा, चिया बगान लगायत स्थानीय परिवेश र हरियाली वातावरण नियाल्न सकिनेछ । पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि यो पैदल यात्राले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएका छौं–अध्यक्ष दंगालले भन्नु भयो । यसले दमक भएर पूर्वका थुप्रै पर्यटकीयस्थलहरु सम्म पुग्ने पदमार्गको विकास गराउन पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here