दमक अस्पतालमा सेवा सुविधा थपिदै, नया भवन बाट सेवा सुरू

0
882

दमक, दमक स्थित एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा नयाँ संरचनाहरुबाट सेवा शुरु भएको छ ।

काउण्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरंग सेवाका काउण्टर नयाँ भौतिक संरचनाबाट सञ्चालन गरिएको हो । प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त २६ लाख रुपैयाँको लागतमा ति संरचना निर्माण गरिएका हुन् । आईतबार अस्पतालमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं.५ ख का प्रदेश सभा सदस्य अर्जुन राईले नयाँ संरचनाहरुको एकमुष्ट उद्घाटन गरेका हुन् । उनी सहित नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवनहरुको उद्घाटन गरेका थिए ।

अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालका निमित्त सुपरीटेण्डेन्ट डा. तपनकुमार साहाले अस्पतालमा क्रमिक रुपमा भौतिक पूर्वाधारहरुको विकास भई रहेको र अव थप जनशक्तिको आवश्यकता रहेको बताए । हाल अस्पतालमा दैनिक ३ सय देखि ५ सय जना सम्म बिरामीले सेवा लिने गरेको उनले जानकारी दिए । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले अस्पतालको सेवा प्रभावकारी बनाउन सवै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताएका थिए ।

अस्पतालका लागि नयाँ सुविधा सम्पन्न भवन निर्माणको प्रकृया पनि शुरु भएको नगरपालिकाले जनाएको छ । अस्पतालमा ६० कोठाको नयाँ सुविधा सम्पन्न अस्पताल निर्माणका लागि अर्थमन्त्रालयले २७ करोड रुपैयाँ बजेट स्विकृत गरि सकेको नगरपालिकाका सवईन्जिनियर कमल दाहालले जानकारी दिएका छन् । कार्यक्रममा उनले प्रस्तावित नयाँ भवनका बारेमा जानकारी समेत गराएका थिए । कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी तथा विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here