दमक पब्लिक लाइब्रेरी युथ टिमको कम्युनिटी दोश्रो आउटरिच च्याप्टर बैगुन्धुरा युथ टिमसँग

0
505

 दमक / दमक पब्लिक लाइब्रेरी युथ टिमको कम्युनिटी आउटरिच कार्यक्रमको दोश्रो च्याप्टर बैगुन्धुरा युथ टिमसँग दमक पब्लिक लाइब्रेरी युथ टिमको कम्युनिटी आउटरिच कार्यक्रमको दोश्रो च्याप्टर गौरिगन्ज नगरपालिकाको बैगुन्धुरा अवस्थित बैगुन्धुरा युथ टिमसँग अन्तरक्रयात्मक सँगै त्याको सन्थाल समुदाय सँग भलाकुसारी गरेर सम्पन्न भएको छ।

मंसिर ७ गते युथ टिमको १६ जनाको एक टोली बैगुनधुरा प्रस्तान् गरेको थियो। पठन संस्कृतिलाई थप टेवा पुर्याउन को निम्ति साथै लाईब्रेरेरी पुस्तक पढ्ने मात्र ठाउँ भन्ने साँघुरो घेरालाई तोडेर कुनै पनि सामुदायमा गएर विभिन्न सम सामहिक तथा ऐतिहासिक गतिविधि अवोलोकन गर्ने उद्देश्य बोकेको उक्त विचार विनिमय कार्यक्रम करिब डेढ घण्टाको रहेको थियो। कार्यक्रममा सर्वप्रथम दुवै टोलीले सन्थाल जातिको ३ घर अवोलोकन गरेर त्यहाको जीवनस्तर बारे बुझेको थियो। त्याको अवस्था दयनीय रहेको थियो। त्यस पत्थात अनारकृयात्मक कार्यक्रम रहेको थियो।

कार्यक्रममा दमक पव्लिक लाईवेरी युथ टीम सह सचिव दिवाकर पञ्चकोटीले कार्यक्रमलाई अगाडि बढाउँदै सबैलाई स्वागत गरेका थिए। परिचयात्मक शैलीबाट प्रारम्भ भएको कार्यक्रम दमक पब्लिक लाईवरेरी युथ टीम सदस्य तथा कार्यक्रम संयोजक दिवाकर गुरुङले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए।युथ टीम बैगुन्धुरको तर्फबाट अध्यक्ष मनोज पराजुली क्लबको उदेश्यको बारे प्रकाश पार्दै लार्इब्रेरी परिवारलाई धन्यवाद दिनु भयो। बईगुन्धुरा युथ टिमलाई सहकार्यको निम्ति धन्यवाद दिँदै पठन संस्कृति तथा क्षमता अविवृढी को निम्ति विभिन्न तालिम क्लबले गर्न आवश्यक रहेको जानकारी गराउँदै भोलिका दिनमा यस्ता कार्यक्रमले समाज रुपान्तरण तथा जन विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा राख्दै कार्यक्रम समापन दमक पब्लिक लार्इब्रेरी युथ टीम अधक्ष विनोद उप्रेतीले गरेका थिए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here