प्रथम सुर्योदय पर्यटन महोत्सवको तयारी तिब्र, दुइ दिने साइकल यात्रा समाप्त

0
818

 इलाम, नेपाल पर्यटन वर्ष २०२० को नजिक आइरहदा पुर्वी नेपालमा पनि यसको रौनक बड्न थालेको छ ।

यसै सिलसिलामा पहाडकि रानी ईलाम जिल्लाको मुख्य पर्यटकीय नगर तथा आन्तरिक र बाह्य पर्यटनको रोजाइमा पर्ने सुर्योदय नगरपालिकाले यहि मंसिर १४ देखि १८ गते सम्म सुर्योदय नगरपालिकाका प्रमुख पर्यटकीय स्थानहरुमा मेला लगाउने भएको छ । पशुपतिनगर, कन्याम, फिक्कल, श्रीअन्तु, गोर्खे,  र पन्चकन्या गरी ६  स्थानमा महोत्सव गरिने सुर्योदय महोत्सव आयोजक समितिले बताएको छ ।

सुर्योदय नगरपालिकाको आयोजना चल्ने महोत्सवको प्रचारप्रसारको सुरुवात शुत्रबारबाट साइकल र्याली गरिएको थियो। विभिन्न स्थानबाट आएका साइकल चलाकहरुले महोत्सव आयोजना हुने स्थानहरु सबै साइकलमा यात्रा गरेका थिए।फिक्कलको तीन घरे बाट सुरु भएको साइकल यात्रा तिनघरे फिक्कल मेचिबजार पशुपति नगर अन्तु हुँदै कन्याममा आएर शनिबार समापन भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here