सताक्षीधाममा धार्मिक महोत्सव, ६ दिनमा ७५ लाख वढी भेटी संकलन

0
532

झापा, मंसिर ३ । झापाको सताक्षीधाममा संचालन भईरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैटौ दिन सम्ममा ७५ लाख माथी नगदै संकलन भएको छ ।

महोत्सव मुल आयोजक समारोह समिति का सदस्य सचिव डिल्ली नेपालका अनुसार हाल सम्म ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको हो । धान्याञ्चल (धान) कम्तिमा ४० क्वीन्टल र ताण्डुलाचल (चामल) ३५ क्वीन्टल संकलन भएको आयोजक समितिले जनाएको छ ।

कार्तिक २७ देखी मंसिर ९ गते सम्म संचालन हुने सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोम मा अपेक्षाकृत भेटी संकलन भएको आयोजक समितिले जनाएो छ ।ं महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सवपनि सचालन भईरहेको छ । १३ दिवसिय १०८ कुण्डीय कोटिहोम पुर्वमा हाल सम्म कै ठुलो धार्मिक कार्यक्रम भएको तिर्थयात्रीले बताएका छन ।

१ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उद्धघाटन गरेको कार्यक्रममा हाल सम्म नेपालका ५१ जिल्लाका तिर्थ यात्री सताक्षीधामको कोटिहोममा सहभागी भएका छन । आयोजक समितिको सुचना डेक्सका अनुसार नेपालका हालसम्म करिव ५ लाख धर्मालम्बीले कोटिहोममा सहभागी भएको जनाएको छ । यस्तै भारत, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, वंगलादेश लगायत मुलुकका हाल सम्म १२ हजार हिन्दु धर्माका तीर्थयात्रीले सहाभागीता जनाएका छन ।

सताक्षीधाम परिषरमा देखिएका उर्लावारी ७ मोरङ्गको शिद्धीबिनायक गणेश मन्दिरका अध्यक्ष महेन्द्र थापाले अचम्वीत हुदै भने, ‘सताक्षीधाम लाई सन्त निवास को रुपमा परिणत गर्न स्थानीय तहले योजना बनाउनु पर्छ ।’ ५ वर्ष अघि सताक्षीधाम आउदाको पिडा १०८ कोटिहोमले भुलिदिएको उनले बताए ।
संखुवासभाबाट मनोकाँक्षा पुरा गर्न पहिलो पटक सताक्षीधाम आएकी सामापोखरी ३ की हर्कमाया वाहा्रकोटी ले तोला दान गर्दे भनिन्, ‘सताक्षीमाताले जिवनका सवै रोग हरण गरुन ।’ सताक्षीधाम आउने उनको यस अघि पनि ठुलो ईच्छा थियो । उनले भनिन् सताक्षीले यसैबेला बोलाएर मेरो मनोकाँक्षा पुरा गर्नुभयो ।’

सताक्षीको पुर्वाधार थपिएकोमा धरमपुर झापाका रामेश्वर चौधरीले खुसि व्यक्त गरे । उनले भने ‘सताक्षीधाममा सन्तको आवगमन भएपछी लोभ, मोह, र ईस्र्या हटेर गयो ।’ वर्षेनी देवालय थपिदै गएका छन, उनले भने । ०७१ सालमा सताक्षीधाममा आचार्य नन्दकिशोर भारद्धाजले २ वटा गाई वृन्दावन बाट ल्याएर गौसालाको स्थापना गरेका थिए । सो गौसालका यतिवेला ३०५ वटा गाईको संरक्षणमा छन ।
नेपालबाट भारत निकासीका लागि लैजादै गरेका, सडकका असाहाय र अपाङ्ग गाईको गौसालाले संरक्षण गर्ने गरेको छ । अघिल्ला ४ वर्षमा पनि सताक्षीधाममा धार्मिक अनुष्ठान हुने गरेका थिए । यो वर्ष झापाका १५ वटै स्थानीय तह कोटिहोम मुल आयोजक समारोह समितिको सदस्य बनेपछि महोत्सव वृहत बनेको हो । महोत्सवमा १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधी सभा सदस्य एलपि साँवा लिम्वु, राजेन्द्र लिङ्गदेन, प्रदेश साँसद झलकवहादुर दर्लामी मगर लगायतको सहभागीता भईसकेको छ ।

मन्त्री लगायतका सांसदले सताक्षीधाममा बाटो, खानेपानी, संचार, सुरक्षा लगायतका विषयमा आ आफ्नो ठाँउबाट सहायोग गर्ने बताए । यता झापा निर्वाचन क्षेत्र नम्बर ३ का संघिय साँसद राजेन्द्र लिङ्गदेनले भ्रष्टचार गर्नेहरुलाई तहलगाउन सक्ने शक्ति आफुलाई प्रदान गरिदिन सताक्षीमाता संग बरदान मागे । उनले भने, ‘राजनिति गर्नेले भष्टचार गरेकै कारण आफ्लाई राजनितिक व्यत्ति भन्न लाज हुन्छ ।’ नेता कार्यकर्ताकै ११÷१२ कक्षा अध्ययन गर्ने छोरा छोरीले पनि आफ्ना अभिभावक राजनितिक कर्मी हो भन्न हिच्किचाउने गरेको उनले बताए । ‘मैले अहिले सम्म १ रुपैया भ्रष्टचार गरेको छैन अव पनि नगर्ने शक्ति मिलोस र भष्ट्रचार गर्ने लाई तह लगाउने शक्ति मिलोस’, उनले भने । लिङ्गदेनले ३ पटक सम्म नेपाल आमाको जय जयकार गरेका थिए ।

सताक्षीधाम धार्मिक महोत्सवमा खेल तमासा पनि शुरु भएको छ । ३ करोड खर्चको अनुमान गरेको आयोजक समितिले ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखेको छ । कोटिहोम बाट संकलन भएको भेटीले सताक्षीधाम क्षेत्रको पुर्वाधार निर्माण हुने शिवताक्षी नगरकी उपमेयर भोजकुमारी नेपालले बताईन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here