पुर्नस्थापना केन्द्रका लागि दमकमा सांगितिक कार्यक्रम, काे काे आउदै छन् कलाकार ?

0
517

दमक, मंसीर ३ / दमकमा प्रदेश नम्बर १ स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्र स्थापना गर्ने उदेश्यले दमक सांस्कृतिक साँझ हुने भएको छ ।

२८ औं अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आगामी मंशिर १७ गते दमक अपाङ्ग सहयोग समितिको आयोजनामा चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा दमक साँस्कृतिक साँझ गर्न लागिएको मंगलबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले जानकारी दिए । दमकमा बनाउन लागीएको प्रदेश स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्र को प्रचारात्मक कार्यक्रमको लागी कार्यक्रम गर्न लागिएको जनाईएको छ ।

सो दिन बिहान ११ बजे झापा जिल्ला भर रहेका अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको सहभागीतामा र्याली सहित दमक नगर परिक्रमा गरी दमक ६ मा रहेको पञ्चायत रजत स्तम्भ परिषरमा कार्यक्रम गरिने समितिका सचिव मदन बोहोराले जानकारी दिए । कार्यक्रममा चर्चित कलाकारहरु मनोज गजुरेल, शम्भु राई, राजा राजेन्द्र, टंक बुढाथोकी, अशोक दर्जी लगायतको प्रस्तुती रहने लोकगायक अमृत खातीले जानकारी दिए । पत्रकार भेटघाटमा दमक नगरपालिका समाज कल्याण शाखाका डम्बर बराल, राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकाल लगायतले पुनस्र्थापना केन्द्रले पूर्वी क्षेत्रका अपांगता भएका व्यक्तिहरुलाई राहत पुग्ने बताएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here