सतासीधाम पर्यटकीय स्थललाई झापाली समाज इजरायलकाे सहयाेग

0
341

झिलझिले ,४ मंसीर । झापाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल सतासीधामको विकासका लागि इजरायलमा बस्दै आएका झापालीहरुले आर्थिक सहयोग गरेका छन् । झापाली समाज इजरायलले सतासीधामको पूर्वाधार विकासमा सघाँउन रु ८ लाख सहयोग गरिएको समाजका अध्यक्ष सन्दिप भण्डारीले बताए ।

उनका अनुसार समाजबाट संकलित सो सहयोग सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । वन उपभोक्ता समितिले धार्मिक तथा पर्यटकीय स्थल सतासीधामको गुरुयोजनाका साथ विकास गर्न पहल भएपछि त्यसमा सघाँउन समाजले सो सहयोग प्रदान गरिएको अध्यक्ष भण्डारीले वताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा शिवसतासी नगरपालिका ८ का वडाध्यक्ष केयरसिंह बस्नेतको उपस्थिति तथा झापाली समाज र वन समितिसहित सरोकारहरुको उपस्थिति रहेको थियो । यसैवीच सोहि भेलाले वन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गर्नुका साथै वडाध्यक्ष बस्नेतको संयोजकत्वमा ५ सदस्यीय एक अनुगमन समिति समेत गठन गरिएको थियो । गठित उपभोक्ता समूहका सचिवमा हेमराज पाण्डे ,कोषाध्यक्षमा ललीतचन्द्र वजगाई र सदस्यहरुमा केदार भट्टराई,भरत शिवाकोटी, रमेश रिजाल र शोभा खड्का रहेकी छिन् । यस्तै गठित अनुगमन समितिको सदस्यहरुमा चन्द्रमणी नेपाल ,ज्ञानेन्द्र न्यौपाने , गोपाल बराल र रामप्रसाद उप्रेती रहेका छन् । उक्त भेलामा अन्तराष्टिय झापाली समाजका महासचिव खेमराज जमरकट्टेलसहित वनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here