दमकमा सुजुकी ‘एस–प्रेसो’ सार्वजनिक, पहिलाे दिनबाटै बिक्री सुरू

0
672

दमक, मंसीर १, झापाको दमक स्थित सुजुकी कारको बिक्रेता बि.आर.एन.ब्रदर्सलेसुजुकीको एस–प्रेसो कारको सर्वजनिक गरेको छ ।

आज एक कार्यक्रम गरी सुजुकी कम्पनीको ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ सार्वजनिक गरेको छ । आजैबाटनै नेपाल अधिराज्यभरका ३६ वटा सुजुकी रिटेल नेटवर्क मार्फत सुजुकीको एस–प्रेसो कारको लन्च गरिएको बि.आर.एन. ब्रर्दशका संचालक संजु पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकूल श्रेष्ठ रहनु भएको थियो । सोही अवसरमा दमक वाणिज्य संघका सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरु लाई बि.आर.एन. ब्रदर्शका तर्फ बाट खदा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमको अतिथि पाथीभरा एफ. एम.का प्रबन्ध निर्देशक राजेन्द्र चौलागाँई , पुर्वसन्देश दैनिकका गञ्ज बहादुर दाहाल लगायत बिभिन्न संचारमाध्यमका पत्रकार, संघसंस्थाका पदाधिकारी तथा ग्राहकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वाणिज्य संघका तर्फ बाट अध्यक्ष श्रेष्ठ र ग्राहकका तर्फ बाट देबकुमार नेम्बाङले मन्तब्य राख्नु भएको थियो ।

कारको बारेमा बि.आर.एन. ब्रर्दशका सेल्स एक्ज्युकेटिभ बिरेन्द्र प्रसाईले जानकारी गराउनु भएको थियो । उहाले लन्च गरिएको कारमा १० वटा भन्दा बढी सेफ्टि फिचरहरु रहेको तथा नेपालको भौगोलीक बनावट सुहाँउदो कार रहेको जानकारी गराउनु भएको थियो । दमदार एक्सटेरियर , युनिक र युथफुल ईन्टेरियर, रोमाञ्चक यात्राको लागि नयाँ टेक्नोलोजी, बेजोड सेफ्टि सिस्टम जस्ता बिशेषता रहेको यस कारको भीएक्सआई प्लस मुल्य २५ लाख ४९ हजार रहेको छ भने  स्ट्यान्डार्ड काे मुल्य २२ लाख ९९हजार रहेकाे छ  । कार्यक्रमकै अवसरमा बक्सीङका पुर्व राष्ट्रिय खेलाडी तथा नेपाल सरकारका बक्सिङ प्रशिक्षक दिपक राईले एस–प्रेसो कार खरिद गर्नुभएको थियो । राई लाई वाणिज्य संघका अध्यक्ष श्रेष्ठ तथा बि.आर.एन.ब्रदर्सका संचालक पराजुलीले चाबी हस्तान्तरण गर्नुभएको थियो ।

‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ का बारमा थप जानकारी

दमदार एक्सटेरियर
नयाँ सुजुकी‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयुभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयुभीको स्वरुपदिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’कोअनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’दिएको छ । साथै, 180mm हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरुपलाई आर१४ टायरजडितवर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ।

यसमाप्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिलग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापकबनाइदिएको छ । चौडा ‘सि–सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ जसले यसको उपस्थितिलाई बलियो मात्रबनाएको छैन सडकमा सहजै चिन्नसकिने बनाएको छ ।

‘युनिक र युथफुल’इन्टेरियर

सुजुकी ‘एस–प्रेसो’मायुनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’दिएको छ । यसको केन्द्रमा‘डाइनामिक कन्सोल’ रहेको छ जुन‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेषगरी युवाग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’दिलाउनुका साथै नयाँप्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ ।

‘एस–प्रेसो’को ‘सिटिङ लेआउट’थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’प्रत्याभुत गर्छ । यसमापर्याप्त‘लेग रुम’समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याककलर स्किम’सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवाग्राहकमाउत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ ।

‘एस–प्रेसो’को अगाडि र पछाडिको भागमा‘युटिलिटी स्पेस’को पनिव्यवस्था गरिएको छ । यसमा‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’हरु रहेका छ । रोमाञ्चकयात्राको लागिनयाँ ‘टेक्नोलोजी’ ‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमाम्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’वाअन्यकुनै ‘स्मार्टप्ले स्टुडियो एक्पकम्पेटिबल’ छ ।  ‘एस–प्रेसो’माबजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन रहेको छ जसले पर्फमेन्समाकुनै सम्झौतानगरी अद्वितीयमाइलेज दिन्छ ।

बेजोड ‘सेफ्टी फिचर’

यात्रु र बटुवाको सुरक्षाप्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस–प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामानिर्माण गरिएको यो कारभारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षाप्रत्याभुत गर्छ ।
यसमा‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’लगायतका सुरक्षाफिचरहरु रहेका छन् ।

स्पेसिफिकेसन
लम्बाइ ३५६५ एमएम म्याक्सिमम टर्क ३५०० आरपीएममा ९० एनएम
उचाइ १५६४ एमए
चौडाइ १५२० एमएम म्याक्सिममपावर ५५०० आरपीएममा ५० किलोवाट
ह्विलबेस २३८० एमएम
फ्युल इफिसेन्सी २१.७ केएमपीएल
कलर रेन्ज सोलिड सिजलओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर रेड, मेटालिक ग्रेनाइट ग्रे, मेटालिक सिल्कीसिल्भर

क्रम भेरियन्ट मूल्य
१. स्ट्यान्डार्ड २२,९९,०००
२. एलएक्सआई २३,९९,०००
३. भीएक्सआई २४,९९,०००
४. भीएक्सआई प्लस २५,४९,०००

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here