दमक पब्लिक लाइब्रेरीको दुई दिवसीय कार्यशाला सम्पन्र

0
319

दमक / दमक पब्लिक लाइब्रेरीले सनिवार दुई दिवसीय सस्थागत बिकास तथा नेतृत्व बिकास  संग सम्बन्धित  दुई दिवसीय प्रशिक्षण कार्यक्रम  सम्पन्न  गरेको छ ।

मोरङको लेटाङमा रहेको कृषि बिकास बैङको तालिम केन्द्रमा दमक पब्लिक लाइब्रेरीका बोर्ड टिम, युथ टिम र बाल क्लबका ७५ जना को सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे  ।  प्रशिक्षण कार्यक्रममा लाइब्रेरी लाई कसरी अझ प्रभावकारी बनाउदै लैजाने शाखा बिस्तारमा कसरी काम गर्ने पठन सस्कृतिको बिकास लाई कसरी अगाडि बढाउने लगायतका विविध विषयमा लाइब्रेरीका सदस्यहरुले दुई दिन छलफल गरि आफ्नो योजना तयार पारेका थिए।

कार्यक्रममा लाइब्रेरीका सस्थापक अध्यक्ष भेषराज न्यौपाने उपाध्यक्ष जीवन सापकोटा सचिब हरि सिटौला कोषाध्यक्ष देबेन्द्र प्रसाईं सदस्यहरु प्रकाश अधिकारी भरत चौलागाई र युथ टिमका पुर्व अध्यक्ष दधिराम ढकालले विविध विषयमा कार्यशाला सन्चालन गर्नु भएको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here