दमकमा कर साप्ताह सुरू, पहिलाे दिन प्रभातफेरी साथै रक्तदान

0
395

दमक, मंसिर १ / आन्तरिक राजस्व कार्यलय दमकले  आठौं रास्ट्रिय कर दिवशको अवसरमा दमकमा प्रभातफेरी साथै रक्तदान  गरेकाे छ ।

पन्चेबाजा, करको बिषयमा सचेतना जगाउने प्ले कार्ड सहितकाे प्रभातफेरी राजस्व कार्यलय देखि दमक चाैक हुदै दमककाे मुख्यबजार परिक्रमा गरि पुन दमक चाैकमा पुगि सम्पन्न भएकाे थियाे ।प्रभातफेरी  पछी दमक चाैकमा भएकाे  रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ महिला सहित ९१ जनाले रगत दान गरेको नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका रक्त सञ्चार केन्द्र प्रमुख शिद्धार्थ दाहालले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय दमकका निमित्त प्रमुख सन्तोष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, प्रथम उपाध्यक्ष  राजु खड्का लागयतको उपस्थिती रहेको थियो ।  आज बाट साप्ताहिक रुपमा बिभिन्न कार्यक्रम गर्दै कर सप्ताह समेत मनाईने आन्तरिक राजस्व कार्यालय दमकका कर अधिक्रित अर्जुन दाहालले जानकारी दिनुभयो ।

साप्ताहिक कार्यक्रम अन्तर्गत भोली कार्यालय परिषरमा बिभिन्न प्रजातिका फलफुलका बिरुवा रोपिने, पर्सि ३ गते दमक नगर भित्र रहेका सहकारीहरुलाई ईटिडिएसको बारेमा जानकारी गराउने, ४ र ५ गते माईकि, पर्चा पोष्टर र जानकारी मुलक कार्यक्रम गर्ने साथै ६ गते गौरिगञ्जमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरी ७ गते दमक उद्योग बाणिज्य संघको सभाहलमा औपचारीक कार्यक्रम गरी कर सप्ताहको अत्य गरिने कार्यक्रम तय गरिएको कर अधिक्रित दाहालले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here