दमकमा खुल्याे किवानिस इन्टरनेशनल क्लब, पहिलाे अध्यक्ष बने रवि केसी

0
720

दमक / झापाको दमकमा अन्तराष्ट्रिय सञ्जाल भएको अर्को एक सामाजिक संस्था किवानिस इन्टरनेशनल क्लब अफ दमक आजदेखि औपचारिक रुपमा स्थापना भएको छ ।

केहि महिना अघिदेखि सो क्लबका नाममा स्थानीय युवा व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुले विभिन्न गतिबिधिहरु सञ्चालन गर्दै आएपनि औपचारिक रुपमा पदस्थापन आज भएको हो । सनिबार गरिएको पदस्थापन अनुसार क्लबको प्रेसिडेन्टमा रवि केसी, इलेक्टेड प्रेसिडेन्टमा शशीराज विष्ट , भाईस प्रेसिडेन्टमा गोविन्दराज कट्टेल र ट्रेजररमा रमा लिम्बु रहनु भएको छ ।

विश्वका ८० भन्दाबढी राष्ट्रहरूमा ६० लाख सदस्यहरू यस क्लबमा आवद्ध रहेकाे जनाउदै क्लबले आयोडिनको कमिबाटहुने गलगाढ रोक्न आयोडिनयुक्तनुन बनाउन र मातृ मृत्युदर घटाउन टिटासको खोपको सेवाप्रदानगर्न विश्वव्यापी रूपमाकाम गरिरहेको छ । नेपालमा १ हजार भन्दाबढी यूवाहरू यस क्लबका सदस्य बनसिकेका छन् । बालबालिकाहरू भविष्यका कर्णधार हुन उनीहरू आजको दिनमा स्वास्थ्य, शिक्षाजस्ता आधारभूत कुराहरूबाट वञ्चित नहुनभनेर यसको मूलमर्मलाई आत्मा साथगर्दै दमक मा  क्लब सञ्चालनका लागि गठन गरिएको ११ सदस्यीय कार्यकारीणि बोर्डका सबै पदाधिकारी एवम् बोर्ड मेम्बरहरुलाई क्लबका डिस्ट्रिक्ट गभर्नर सुरज श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराउँदै जिम्मेवारीहरुका बारेमा अवगत गराउनु भएको थियो । अध्यक्ष केसीको अध्यक्षता र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा क्लबले सामुदायिक विद्यालयमा अध्ययनरत दमकका २ जना विद्यार्थीको कक्षा १० को सम्मको अध्ययनका लागि अभिभावकत्व समेत ग्रहण गरेको थियो ।

त्यसैगरी विभिन्न ३ विद्यालय र एक बालविकास केन्द्रका १ सय जना विद्यार्थीलाई किताब बोक्ने झोला प्रदान गरिएको पनि घोषणा गरियो । विशेष बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, वातावरण र नेतृत्व विकासका लागि सो क्लबले जेसीज, युनिसेफ लगायतका अन्तराष्ट्रियस्तर सम्म सञ्जाल भएका संस्थाहरुसंग सहकार्य गरेर काम गर्दै आएको गभर्नर श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रममा प्रमुख अतिथी उपमेयर अधिकारी, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाइँ लगायतले सामाजिक सेवाका क्षेत्रमा युवाहरुलाई प्रेरित गर्ने यस किसिमका संस्थाहरुबीच समन्वय र सहकार्यमा जोड दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here