समाजवादी पार्टी नेपाल प्रदेश १ काे आयाे यस्ताे निर्णण

0
562

दमक, २१ कार्तिक। समाजवादी पार्टी नेपाल प्रदेश नं. १ को पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । बैठकले विभिन्न समसामयिक राजनीतिक विषयहरु निर्णय गर्दै सम्पन्न भएको प्रदेश अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए ।

वैठकले छिमेकी मुलक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो भूभाग नेपाल कै भएको दावी गरेको छ । साथै दुई देशबीच सुल्झाउन बाकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेद जनक र अमान्य भएको विज्ञप्तिमा जनाईएको छ ।

यसैगरि कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकाले सो सम्बन्धी सम्झौता तत्काल खारेजीको माग गर्ने निर्णय भएको अध्यक्ष चाम्लिङ्गले जानकारी दिए । यसैगरि, झापाको कमल गाँउपालिकास्थित आदिवासी रङ्गशालालाई मदन भण्डारी रंगशाला बनाउने सरकारको दुस्प्रयासप्रति समेत खेद प्रकट गर्दै आदिवासी रंगशाला नै कायम गरि काम अघि बढाउन समेत जोडदार माग गर्ने निर्णयमा उल्लेख छ ।

मंसीर १४ गते हुन गईरहेको उपनिर्वाचनमा आफना उम्मेदवारहरुलाई जिताउन प्रदेश समितिका मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन र कोषाध्यक्ष विनोद नेम्बाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति र सदस्य कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उप–समिति गठन गरिएको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here