खोला गहिरिने क्रम बढ्यो, संरचना संकटमा पर्दै

0
357

झापा/ नेपाल बिद्युत प्राधिकरणले दुहबी देखी झापाको विर्तामोड सम्म निर्माण गरेको ११ केभिए बिधुत प्रशारण लाईनको झापा स्थित शिवसतासी र कन्काई नगरपालिकाको बिचको कन्काई नदीको मध्यभागमा रहेको टावर जोखिममा पर्दै गएको छ । माथिल्लो क्षेत्रमा चुरेको बडदो दोहन र तल्लो क्षेत्रबाट हुने गरेको नदि जन्य पदार्थको अधिकतम उत्खननका कारण नदीहरु गहिरिने क्रम बढेसंगै नदी भित्र निर्माण गरिएका बिकाश संरचनाहरु पनि जोखिमा पर्दै गएका छन ।

नेपालकै सवै भन्दा लामो कन्काई पुलको करिब १ सय मिटर दक्षिणमा निर्माण गरिएको विद्युतको टावर कन्काई नदी गाहिरीए संगै जोखिमा पर्दै गएको हो । सो टावरको नेपाल बिद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयका प्राबिधिकहरु स्थलगत निरीक्षण गरि तत्काल कुनै जोखिम नरहेको भनिएको भएपनि रोकथामको प्रयास थाल्न आवश्य रहेको बताएको नेपाल बिद्युत प्राधिकरण वितरण शाखा दमकका इन्जिनीयर सुरेन्द्र घिमिरेले बताए ।

बाहिरबाट हेर्दा जति जोखिम देखिएपनि प्राबिधि हिसाबले तत्काल नै कुनै खतरा नरहेको भएपनि नदीको बहाव घटेपछि टावरको संरक्षणको काम थालिने पनि घिमिरेले बताउनु भयो । तराई क्षेत्रमा नदि गोहिरीने क्रम नरोकिएपछि अहिले पूर्वपश्चिको मेरुदण्ड मानिएरको महेन्द्र राजमार्गमा निर्माण गरिएका कतिपय पुलहरु पनि संकटमा पर्न थालेका छ । कन्काई नदी गहिरीने क्रम बढेसंगै यहाँ निर्मित नेपालका सवैभन्दा लामो ७ सय २ मिटर लम्बाई भएको कन्काई पुलको केहि इस्पानका पिलरहरुमा पनि नदीले निकै गोहिरो गरि खोल्न थालेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here