दमकमा शिक्षामा नवसिर्जना मेला, साथमा बुक बस

0
468

जीबन चुडाल 

दमक, १९ कार्तिक / झापाकाे दमकमा अाइतबार बाट दमक नगरपालिकाको सम्योजन तथा समन्वयमा अमेरिकी दुताबासको शैक्षिक कार्यक्रम सुरू भएकाे छ ।

अमेरिकी दुताबास अन्तरगत रहेको   बुक बस र यसको टोलि  अाइतवार दमक आएको छ । दमकको सरस्वती माबिको प्राङ्गणमा सुरू भएकाे शैक्षिक कार्यक्रम  शिक्षामा नवसिर्जना मेला २०७६ अन्तरगत दमक नगरपालिकाका सबै सामुदायिक बिद्यालयका बिद्यार्थी तथा  शिक्षकहरुको क्षमता बिकास सङै शिक्षण सङ सम्बन्धित विभिन्न कार्यशाला रहने छ । जसमा  बिद्यार्थी लागि छ बिषमा  कार्यशाला हुनेछ भने शिक्षकहरूका लागि सात बिषयमा  कार्यशाला रहकाे छ । २३ गते सम्म चल्ने कार्यशालामा  नगर भरीका २१ बिद्यालयका  १ सय ३० जना बिद्यार्थी र संस्थागत  बिद्यालयका १३ सहीत  ३ सय ५ जना शिक्षक सहभागी रहने आयोजकले जानकारी दिएकाे छ ।

 

यता दमक नगरपालिकाकी उप मेयर गिता अधिकारीले जनप्रतिनिधीहरूकाे जिम्मेवारी स्थापित भए देखिनै नगरका बिद्यालयहरूकाे भाैतिक पूर्वाधार निर्माण तथा गुणस्तरीय शिक्षाका लागि काम गर्दै अाएकाे  नगरपालिकाले यस  शिक्षामा नवसिर्जना मेला कार्यक्रम बाट दमक नगरपालिकाको शिक्षा र शिक्षण प्रणालीमा सहयाेग पुग्न सक्ने विश्वास रहेकाे जानकारी दिनु भयाे ।

अमेरिकी दुताबासकाे सहयाेगका संचालन भएकाे बुक बसकाे शिक्षामा नवसिर्जना मेलाकाे चाैथाे कार्यक्रम अाफ्नै बिधालयमा गर्न पाएकाे र  बिद्यार्थी तथा  शिक्षकहरुकाे उत्साह जनक सहभातगीत रहेकाे बताउदै सरस्वती माबिका ब्यवस्थापन समिति अध्यक्ष समिन रिजालले यस कार्यक्रमले शिक्षकहरूकाे शिक्षण र  सिकाइ थप  मनाेरञ्जनात्मक र सृजनात्मक हुनेमा खुशि ब्यक्त गर्नु भयाे ।

अमेरिकी दुताबास अन्तरगत रहेकाे सताेरी काे अायाेजना रहेकाे शिक्षामा नवसिर्जना मेलामा , यु एन एच सी अार, सृजनालय, माइक्राेसफ्ट, लगायत दर्जन बढी संस्था अावद्व रहेका छन् ।

केहाे बुक बस ?

बुक बस अर्थात घुम्ती पुस्तकालय झट्ट हेर्दा दम्कल जस्तो देखिने तर नजिकबाट हेर्दा एकदमै नौलो सवारी साधन जस्तो देखिने तर भित्र भने   पुस्तकालयमा जस्ताे पुस्तकहरु राखिएका छन् ।  विज्ञान र प्रविधिको विकाससँगै पठन संस्कृतिको विकास पनि हुनुपर्छ भनेर माेवाइल लाईब्रेरी विशेष गरी ग्रामिण तथा सामूदायिक बिधालयका विद्यार्थीहरुलाई लक्षित गरि बुक बस अमेरिकी दुताबासले सञ्चालनमा ल्याएकाे हाे ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here