दमक जेसीज सप्ताह २०१९ कार्तिक २२ गते देखि, यस्ता छन् कार्यक्रमहरू

0
425

जीवन चुडाल

दमक, १९ कार्तिक / दमक जेसीजले आफ्नो प्रमुख चाडको रुपमा मनाउँदै आएको जेसीज सप्ताहलाइ यस बर्ष पनि निरन्तता दिदै जेसीजले यस बर्ष जेसीज सप्ताह कार्तिक २२ गते देखि धुमधाम गरी मनाउदै छ । जेसीज सप्ताहको अवसरमा २२,२३ र २४ गते बिभिन्न कार्यक्रम रहेको दमक जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी भीमराज चम्लागाइले जानकारी दिए ।

जेसिज सप्ताहलाइ भब्य रूपमा मनाउन छ वटा कार्यक्रमहरुकाे अायाेजना गरीएकाे उक्त कार्यक्रमहरूलाइ प्रभावकारी बनाउन हरेक कार्यक्रमका लागी फरक फरक संयाेजक चुनिएकाे जेसीजका महासचिव सुयाेग खरेलले जानकारी दिए ।

जस अन्तरगर्त २२ गते शुत्रवार हुने उत्घाटन कार्यक्रममा बिहान ७ बजे दमक देखि बेलडागी सम्म साइकल यात्रा रहेकाे छ । जसकाे संयाेजक जेसी भुपेन्द्र काेइराला रहेका छन् त्यस्तै साेही दिन ४ बजे मैत्रीपुर्ण फुटसल दमक ९ स्थित रणभुमी फुटसल मैदानमा दमक उधाेग वाणिज्य संघ र पत्रकार बिच हुनेछ जसकाे संयाेजक जेसी संदिप बस्नेत रहेका छन् ।

दाेस्राे दिन २३ गतेकाे कार्यक्रम अन्तरगर्त बिहान ८ बजे दमक चाैकमा ट्राफिक सचेतना कार्यक्रम रहेकाे छ । जसकाे संयाेजक जेसी विश्वास कास्यब रहेका छन् । दाेस्राे दिनकाे दाेस्राे कार्यक्रम ४ बजे असल अभिभावक्त्व सम्वन्धि तालिम हाेटल कात्यानी इनमा रहेकाे छ । जसकाे संयाेजक जेसी रमेश लुइटेल रहेका छन् ।

तेस्राे दिनकाे पहिलाे कार्यक्रम ११ बजे दमक जेसीज वेष्ट स्पिकर हाेटल कात्यानी इनमा रहेकाे छ । जसकाे संयाेजक रहेका छन् जसी उमेश गजमेर । त्यस्तै जेसीज सप्ताह २०१९ काे समापन कार्यक्रम २४ गते ४ बजे हाेटल कात्यानी इनमा रहेकाे छ । जसकाे संयाेजक जेसी मुकेश अग्रवाल रहेका छन् ।

समुदायसम्म आफनो पहुँच बृद्धि गर्न जेसीजले बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरि जेसिज सप्ताह मनाउन शुरु गरेको दमक जेसीजका जेसीज सप्ताह मूलसमितिका संयोजक जेसी संजिब बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here