नेविसंघ झापाले गर्याे सतासीधाम सरसफाइ साथै डस्टविन वितरण

0
559
दमक/ नेविसंघ झापाको आयोजना र शिवसताक्षी नगर समितिको सहआयोजनामा  झापाको धार्मिक पर्यटकीयस्थल सताक्षीधाम परिसरमा सरसफाई गर्नुका साथै डस्टविन वितरण गरेको छ ।
सताक्षीधाममा यहि कार्तिक २३ गतेदेखि १२ दिन सम्म हुने १०८ कुण्ड कोटीहोम महायज्ञलाई लक्षित गर्दै  सरसफाइ र डसबिन बितरण गरेको हाे । सघीय सांसद महेन्द्रकुमारी सुब्बाको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले यज्ञ स्थल सहित अन्य स्थान सफा गरेको थिए । संघका जिल्ला सभापति भुवन बुढाथोकीकाे सभापतित्वमा भएको कार्यक्रममा शिवसताक्षी ६ का वार्ड अध्यक्ष मनाेज कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईकाे लगायतकाे उपस्थिति रहेकाे थियोे ।
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here