साप्ताहिक राशिफल

0
245
कार्तिक १५, २०७६
                                           कार्तिक १५ देखि २१ गतेसम्मको राशिफल

मेष

कसैको सहयोगबिनै रोकिएका कार्य सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकासँगको चित्तदुखाइ केही समय लम्बिने सम्भावना छ । अहिले तपाईंका लागि संयम एवं धैर्यता नै उपयुक्त हुनसक्छ । परिवारका सदस्यहरूबीच किचलो उत्पन्न भै तिक्तता बढ्नेछ । व्यवहारिक कठिनाइ पहिचान गरी ठूला–बडाबाट सल्लाह–सुझाव लिए फाइदा होला ।

वृष

विवेक नपुर्‍याई हतारमा गरिएका कार्यले नोक्सान पुर्‍याउलान् । जिम्मेवार भै व्यवहार गरे समस्याबाट स्वत: मुक्त भइनेछ । बाहिरी कुराले तपाईंप्रतिको पारिवारिक गुनासो बढ्न सक्छ भने मेहनत तथा लगनशीलताको प्रशंसा हुनेछ । आम्दानी हुने विविध व्यवसाय सञ्चालन गर्न पारिवारिक मत मिल्नेछ । सेतो रंगको अनुसरणले थप ऊर्जा प्रदान गर्नेछ ।

मिथुन

विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्ने अवसर प्राप्त होला । मेहनतले कामको अवसर जुटाउन सक्छ । विशेष योजनामा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्न सक्छ । दिगो फाइदा हुने कार्य वा रोजगारी हात लाग्ने सम्भावना छ । आफ्नै बलबुतामा आवश्यक साधनहरूसमेत जुटाउन सकिनेछ । मंगलबारपछि सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन् ।

कर्कट

सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो पहिचान सुदृढ हुनेछ । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ मिल्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ रहला । आम्दानीका थप स्रोत फेला पर्न सक्छन् । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सहकर्मीहरूसँगको वैचारिक मतभिन्नतामा आफन्तले सहयोग पुर्‍याउनेछन् ।

सिंह

परिस्थिति रमाइलो भए पनि भविष्यको चिन्ताले सताउन सक्छ । भौतिक सुखमा मात्र ढुक्क हुन नसक्दा प्रेममा अविश्वास जाग्न सक्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ । मनको भय उत्साहमा परिणत होला । थप जिम्मेवारी वहन गर्दा जीवनशैलीमा परिर्वतन ल्याउन सकिनेछ । सप्ताहान्तमा यात्रा गर्ने साइत जुर्नुका साथै धेरैको भलाइ हुने कार्य गर्न सकिनेछ ।

कन्या

पारिवारिक लगानीमा गरिएको कामले राम्रो मुनाफा दिनेछ । अरूलाई छिटो विश्वास गर्दा प्रेमी–प्रेमिका चिढिने सम्भावना छ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । साताको अन्त्यमा दान, पुण्य आदि परोपकारी कार्यमा संलग्न हुँदा आत्मविश्वास प्राप्त हुनेछ ।

तुला

विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुँदा मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ । सोमबार तथा मंगलबार सतर्कतापूर्वक काम गर्नुहोला । मठ मन्दिरको यात्रामा समय खर्चंदा तनावमुक्त भइनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्नेछ ।

वृश्चिक

प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा चिसोपन सिर्जना हुन सक्छ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । बलमिच्याइँको काम बिग्रने सम्भावना छ । प्रयास दोहोर्‍याए कतिपय काम सम्पन्न गर्न सकिनेछ । मन पुण्य आर्जनतर्फ आकर्षित हुनेछ ।

धनु

प्रतिभा प्रदर्शन गरी नाम कमाउने योग छ । मन पराउने साथीहरू तपाईंलाई भेट्न आतुर छन् । घरायसी व्यवहारमा संलग्न नहुनुमै आफ्नो भलो छ । लामो समयसम्म सवारी साधन चलाउँदा विशेष हेक्का राख्नुहोला ।

मकर

सभा–सम्मेलनमा भाग लिँदा समयको ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफैंलाई फाइदा हुनेछ । उपहारसहित भेटन आउनेहरूले गहकिलो जिम्मेवारी दिलाउनेछन् । खानपिनको गडबडीले स्वास्थ्य बिगार्न सक्छ । साताको अन्त्यमा लाभदायक यात्रा हुनुका साथै शुभ समाचार प्राप्त हुने सम्भावना छ ।

कुम्भ

काम गर्दा विवेक पुर्‍याए झमेलाहरू स्वत: निर्मूल हुनेछन् । प्रतिष्ठा एवं पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मसात् गर्नाले नयाँ उचाइमा पुगिनेछ । मन पराउनेहरूसँग कम बोल्नु नै उपयुक्त हुन्छ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।

मीन

तपाईको व्यक्तित्वबाट प्रभावित हुनेहरू उपहारसहित भेट्न आउन सक्छन् । विपक्षीहरूले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि आफैंलाई फाइदा हुनेछ । टाढा रहेका मित्रहरूले विशेष जिम्मेवारी दिँदा उत्साहपूर्वक कार्य सम्पन्न गरिनेछ । पारिवारिक वादविवादमा सचेत हुँदै निर्णय दिनुहोला ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here