रोटरी क्लब र रोट्याक्ट क्लब दमकले खेल्यो सामुहिक मौलिक देउसी भैलो

0
453

दमक,१२ कार्तिक / सोमबार दिउँसो २ बजे दमकको गणतन्त्र चोकमा मौलिक नेपाली पोशाकमा युवाहरु यता उता गर्दै थिए ।

युवतीहरु गुन्यु चोलो र फरियामा, युवाहरु दौरा सुरुवाल टोपी र बिभिन्न भेषभुशामा रास्ट्रिय झन्डा सहित सबै दमकको गणतन्त्र चोकको बर पिपल मुनी भेलाभए वर पर सबैको ध्यान त्यस तर्फ केन्द्रितभयो , आगाडी राखिएको ब्यानरले सबैले सहझै अनुमान लगाए त्यो रोटरी क्लब अफ दमक र रोट्याक्ट क्लब अफ दमकले आयोजना गरेको सामुहिक मौलिक देउसी भैलो कार्यक्रम रहेछ भनेर ।

नेपाली संस्कृती संग जोडीएको नेपाली परम्परागत देउसी रहेकाले सबैले हेरेर रमाइलो लिइ रहेको प्रस्ट देखिन्थ्यो । कार्यक्रममा बोल्दै बिभिन्न सामाजिक काम गर्दै आएको क्लबले यसरी चाड पर्व धर्म सस्कृती लाई जोगाउनु पर्छ परम्परा देखि नै चल्दै आएको देउसी खेल्ने कार्य लाई निरन्तरता दिदै यसको संरक्षणका लागि देउसी कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईंले बताउनु भयो ।

उक्त देउसी कार्यक्रममा रोटरी क्लब अफ दमकका पुर्व अध्यक्षहरु गंगा ढकाल, नवीन श्रेष्ठ र मोहन ढकाल उपस्थिति रहेको थियो।

युवाहरु माझ आधुनिक समयमा आफ्ना मौलिक गीत संगीत प्रतीको मोह घटेको र यसको बिकासको लागि यो कार्यक्रम सफल रहेको रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बुले जानकारी दिनु भयो ।

कार्यक्रममा ४० भन्दा धेरै रोटरियन ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।देउसी कार्यक्रममा भेटी स्वरुप  २० हजार रुपैयाँ सङ्कलन भएको थियो। उक्त रुपैयाँ रोटरी क्लब अफ दमकले आफ्नो सामाजिक कार्य लाई अझै प्रभावकारी रुपमा अगाडि बढाउदै लैजान सहयोग पुगोस् भनी रोट्याक्ट क्लब अफ दमक लाई हस्तान्तरण गरेको छ ।

देउसी कार्यक्रममा मौलीक देउसीका साथै बिभिन्न नाचगान प्रस्तुत गरीएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here