प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगितामा कमल गाउँपालिका विजयी

0
338

दमक/झापाको दमक ३ मा सनिवार  सम्पन्न प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताको उपाधी झापाको कमल गाउँपालिकाले जितेको छ ।

उपाधीका लागि  भुटानी शरणार्थी खेलाडीको टिम फेन्स क्लब भुटान बीआरसीलाई कमल गाउँपालिका बिच खेल भएको हो । खेलको मध्यान्तर अघि कमल गाउँपािलकाको खेलकुद विकास समितिका तर्फबाट विनोद गुरुङले गरेको एक गोलनै उपाधीका लागि निर्णायक बनेको  थियो

उपाधीसंगै कमलले नगद ५० हजार ५ रुपैयाँ, मेडल र  ट्रफी हात पारेको छ । उपविजेता फेन्स क्लबले नगद ३० हजार ५ रुपैयाँमा  मेडल र  ट्रफी हात पारेको छ । खेलाडीहरुलाई प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको  गरिएको थियो ।

खेल समापन कार्यक्रममा दमक नगरपालिकाका मेयर रोमनाथ ओली उपमेयर गीता अधिकारीको  बिशिष्ट आतिथ्य तथा विभिन्न वडाका वडाध्यक्षहरु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, संघका लेखा समिति सदस्य कृष्णराज दाहाल,दमक जेसीजका अध्यक्ष भीमराज केसी लगायतको आतिथ्य रहेको थियो ।
दमक ३ स्थित चुलाचुली स्कूलको खेलमैदानमा गत असोज २९ गतेदेखि शुरु भएको सो प्रतियोगितामा दमक र आसपासका एक दर्जन टीमले सहभागिता जनाएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here