प्रदेश एक हरेक दृष्टिकोणले अगाडी : मन्त्रि कार्की

0
528

:
झापा, १३ कार्तिक /  एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले कुनै पनि पर्वलाई जाति विषेशको घेरामा राख्नु नहुने बताएका छन् । मन्त्रि कार्कीले आफ्नो गृहनगर गौरादहमा बुधवार विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन ।

नेपालमा मानिने साँस्कृतिक पर्वको संमिश्रण हुदै गएको छ । हिजो पुर्वका चेलीवेटीले मान्ने तिज आज पश्चिममा मनाउन थालिएको छ भने पश्चिममा मानिने देउडा आज पुर्वमा मनाउन थालिएको छ । यसले गर्दा जातिय एकता बलियो हुदैजाने र राज्य आर्थिक सामाजीक दृष्टिकोणले पनि मजबुत हुदै जाने मन्त्री कार्कीले बताए ।

प्रदेशले गरेका हाल सम्मका गतिबिधी हरुको बारेका जनाकारी दिदै मन्त्री कार्कीले एक नम्बर प्रदेशले ४२ वटा कानुनको निर्माण गरीसकेको छ । हामिले बनाएका कानुन अन्य छ वटा प्रदेशको भन्दा उत्कृष्ट भएको भन्दै एक नम्बर प्रदेश हरेक दृष्टिकोणले अगाडि बढि सकेकोे जानकारी गराए । प्रदेशको राजधानी टुङ्गयाएपनि नामाकरणमा केहि ढिलो भएको छ । प्रदेश नम्वर एकका सबै जनताको अपनत्व हुने गरी हिउदे अधिवेशमा नामाकरणको टुङ्गो लगाउने मन्त्री कार्कीले जानकारी दिए ।

पछिल्लाे पटक देशमा भएका विकास निमार्णका गतिबिधीले नेपाल सुखी नेपाली समृद्ध नेपालमा प्रवेश भैसकेको बताउदै सरकार गठनको २ वर्ष भएपनि हामीले काम सुरु गरेको २० महिना मात्रै हुदैछ । नयां संरचना भएको कारण यस अवधीमा जनताले अनुभुती गर्ने खालका केहिकाम गर्न सकिएको छैन तर अव कानुन निर्माण भै सकेको छ अव जनाताले अनुभती हुने खालका कामहुने छन् । कार्यक्रममा बोल्दै मन्त्रीकार्कीले हिजोका दिनमा भएका गल्ति कमजोरी लाई सच्याउदै अव प्रदेश सरकार अगाडी बढने छ । प्रदेशको गौरवको योजनामा रहेको किमाथाङ्गका जोगमनि सडकको ट्रयाक खोल्ने काम नेपाली सेनालाई दिई सकिएको छ । यसलाई भविश्यमा ४ लेनको सडक बनाएर त्रिदेशिय सडक संजालको रुपमा विस्तार गर्न प्रदेश सरकार लागिपरेको मन्त्री कार्कीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here