गायक तथा संगितकार महेन्द्र शेर्माको दोहोरिन्छ सधैँ किन एउटै चाहना गीत सार्वजनिक ( भिडियो)

0
387

झापा ।  गायक तथा संगितकार महेन्द्र शेर्माको दोहोरिन्छ सधैँ किन एउटै चाहा भन्ने बोलको आधुनिक पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आर यु इन्टरटेनमेण्टले प्रस्तुत गरेको सो गितको म्युजिक भिडियो मेरो अनलाइन टि. भि. युट्ब च्यालनबाट सावर्जनिक गरिएको छ । झापा शिबसताक्षी डुडामारी कै गितकार आईन्द्र विक्रम शेर्माको रचनामा रहेको सो गीतमा माया प्रेमको भाव दर्शाइएको पाइन्छ ।

उक्त गितको म्युजिक भिडियोमा उरुसा मगर लिम्बु, जसमन तामाङ र सुस्मा तामाङले अभिनय गरेका छन । दोरोमी स्टुडियोमा रेकर्ड गरिएकोे गितको एरेन्ज गोपाल रसाईलीले गरेका हुन । म्युजिक भिडियोको निर्देशन उरुसा मगर लिम्बु र राज लिम्बुले संयुक्त गरेका हुन भने गीतको म्युजिक भिडियोको सम्पूर्ण छायांकन दक्षिण कोरियाको बिभिन्न स्थानमा गरिएको गितकार आइन्द्रबिक्रम शेर्माले जानकारी दिए ।

गायक शेर्माको केहि बर्ष अघि सायद नामक गिती एल्बम समेत बजारमा आइसकेको र धेरैले मन पाराइदिनुभएकोले यस गित बाट पनि आफुले धेरै अपेक्षा गरेको गायक शेर्माले बताएका छन । प्रबासमा रहेर यस गितको सम्पुर्ण काम गरिएको हुनले यस बाट नेपाली कला र गित संगितको संरक्षण र पर्बद्धनमा थप टेवा पुग्नेमा आफु आशाबादी रहेको गितको प्रस्तुतकर्ता राज लिम्बुले बताएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here