आठ हजारभन्दा बढीको आँखा जाँच

0
232

माघ १६, संखुवासभा / खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजारभन्दा बढीले सेवा लिएका छन्। नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रसँगको सहकार्यमा आयोजित शिविरमा आठ हजार पाँच सय २७ जनाले सेवा लिएको बताइएको छ।

९५ जना स्थानीयमा मोतियाबिन्दु भेटिएको छ भने ३०० विद्यार्थीको पुनः आँखाजाँच गर्नुपर्ने भएकाले खाँदबारी रिफर गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इञ्चार्ज क्षितिज बरालले बताए । बरालका अनुसार विद्यार्थीहरूमा ४० जनामा कानको जालीमा प्वाल परेको भेटिएको छ। स्थानीय ६० जनाको कानको जालीमा प्वाल परेको पाइएको छ। शिविरमा खाँदबारी नगरपालिका ११ वटै वडा भित्रका ३८ वटा विद्यालयका ७ हजार १५ जनाले आँखा तथा कानको जाँच गराएको थिए।

त्यस्तै, एक हजार पाँच सय १२ जना स्थानीयले आँखा तथा कानको जाँच गराए थिए । शिविर गत माघ २ गतेबाट शुरु भएको शिविर सोमबार सम्पन्न भएको छ । शल्यक्रिया गर्नुपर्ने किसिमको मोतियाबिन्दुका रोगीहरूको शल्यक्रिया माघ २५ र २६ गते गरिने भएको बताइएको छ। शिविरमा ६ण्ण् जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here