काग तिहार मनाइँदै, यस्ताे छ महत्व

0
452

काठमाण्डाै, ९ कार्तिक  –  यमपञ्चक अन्तर्गत  काग तिहार पर्व मनाइँदैछ। काग तिहारमा कागको पूजा गरी मीठामीठा परिकार खान दिने चलन छ। कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइन्छ।

कागलाई यमराजको दूत मानिन्छ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक मान्यता छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आज कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भन्ने धार्मिक मान्यता रहेकाे छ।

सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ। मानवको विकाससँगै धर्तीमा विचरण गरेको प्राणी पनि काग हो भन्ने लोकोक्ति छ।

 कागले मानिसले फालेका फोहर खाएर वातावरण सफा पार्ने, रोगव्याधीबाट मानिसलाई बचाउने, भूकम्प, बाढीपहिरो, बाघ, भालु, सर्पजस्ता मानिसका लागि खतरनाक जीवका बारेमा कराएर जानकारी दिँदै सचेत गराउँने काम रमेत गर्ने गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here