दुर्घटनामा २७ घाइते, सातको अवस्था चिन्ताजनक

0
182

रासस, माघ ९, २०७५ कावासोती / पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र दमकल ठोक्किँदा २७ जना घाइते भएका छन् ।

काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको दमकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते सात जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here