महिला मृत फेला

0
242

दमक,९ पौष / दमकरनगरपालिका वडा नं. ७ स्थित बस स्टेण्डको यात्रु प्रतिक्षालयमा एक महिला मृत फेला परेकी छन् । अन्दाजी ६० बर्षको जस्तो देखिने महिला यात्रु प्रतिक्षालयमा लडिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आवश्यक प्रक्रियापछि महिलाको शव दमक अस्पताल लगिएको बताईएको छ । पहिचान नखुलेको तराइमुलको जस्तो देखिने महिलाको मृत्युको कारण अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here