अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणका लागि १४ हजारभन्दा बढी रुख काटिने

0
590

माघ ९,

विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने भएको छ। अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि १८ वटा सामुदायिक वन क्षेत्रबाट उक्त परिणामको रुख काट्न सुरु गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार रुख काट्न सुरु गरिएको जिल्ला वन कार्यालयले जनाएको छ। अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३.२२ हेक्टरका छ हजार २९४ रुख काटिसकिएको भारतीय निर्माण कम्पनी सतलज कम्पनीले जनाएको छ । आयोजनाले ट्रान्समिसन लाइनका लागि सामुदायिक वनको ९० हेक्टर र निजी वनका छ हजार ९९७ वटा रुख कटान गर्न सतलजले नेपाल सरकारसँग माग गरेको छ ।
आयोजनाका ५०१ वटा ठूला टावरमध्ये संखुवासभामा ४३ वटा रहने छ। आयोजना स्थल ड्याम साइड र पावर हाउसमा लगिने ३३ केभी प्रशारण लाइनले ९९४ र २२० को कोशी करिडोरले ७३० रुख काटिने जिल्ला वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए ।
सहायक वन अधिकृत पराजुलीका अनुसार ड्याम साइड, पावर हाउस पुखुवामा १२३२२ हेक्टर, कोशी करिडोर ४.३७ हेक्टर र ३३ केभीका लागि ४.९८ हेक्टर क्षेत्रमा रुख काट्न मन्त्रिपरिषदले अनुमति दिइसकेको छ । अरुण तेस्रोको ट्रान्समिसन लाइनका लागि मागिएको ९० हेक्टरका रुख काट्न सरकारी निर्णय हुन बाँकी रहेको उनको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here