धिमाल कलाकारले म्युजिक भिडियो निकाल्ने

0
201

काठमाडौं, २३ मंसिर /  धिमाल भाषाबाट भिडियोसहितको जनवादी गीत निर्माण भइरहेको छ । मातृका धिमाल र सुवर्ण धिमालको निर्देशनमा हाल विभिन्न स्थानका धिमालवस्तीमा गीतको भिडियो सुटिङ भइरहेको छ ।

धनबहादुर धिमालको लेखन, शंकर धिमाल, कल्पना राईको स्वर, अशोक थापाको एरेन्ज रहेको ‘संघीयतावादी जिन्दावाद’ बोलको म्युजिक भिडियोको निर्माण जितेन्द्र धिमालले गरेका हुन् ।

सिनेमाटोग्राफी निर्देशक सुवर्ण धिमालका अनुसार धिमाल भाषाबाट बनाइएको भए पनि गीतमा सबै आदिवासी जनजातिको आवाजलाई उठाइएको छ । यसमा मुख्य गरी धिमाल जाति र उनीहरुको संस्कृतिको उजागर गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here