नेपालका ७७ वटै जिल्लाहरुमा पशुपन्छी विमा

0
379

काठमाडौं, २६ पुस  / नेपालका ७७ वटै जिल्लाहरुमा पशुपन्छी विमा लागूभएदेखि पशुपालक किसानहरुको संख्या बढ्न थालेको छ । पशुको बीमा गराउँनेहरु पनि बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।
सरकारले २०६९ माघ १ गते वाली तथा पशुपन्छी विमा निर्दे्शिका जारी गरी २०७० साउँन १ गते देखी पशुपालक किसानहरुलाई ५० प्रतिशत अनुदान दिएको थियो । यसको १ वर्ष लगत्तै २०७१ साउँन १ वाट ७५ प्रतिशत बीमा अनुदान दिईरहेको छ ।
नेपालमा विभिन्न विमा कम्पनीहरुले काम गरीरहेका छन् । युनाइटेड ईन्सुरेन्स कंम्पनी लिमिटेड, एभरेष्ट, सगरमाथा, एनएलजी, नेशनल, ओरिएण्टल, हिमालयन जनरल, प्रिमियर, शिखर, आईएमई जनरल नेपाल, सिद्धार्थ, लुम्बिनी जनरल, प्रभु, प्रडेन्सियल, राष्ट्रिय वीमा र नेको ईकलिले विमा सम्वन्धि काम गरीरहेका छन् । ।
गत आर्थिक वर्षमा ६३ हजार ९ सय ७३ पशुहरुको विमा भएकोमा हाल यो आर्थिक वर्षको अहिले सम्म १८ हजार ६० पशुहरुको विभिन्न बिमा कम्पनी मार्फत बिमा भएको विमा समिति कुपन्डोल ललितपुरका साहायक निर्देशक केदारनाथ भट्टले वताए ।
बिमा गराईने पशुहरुमध्ये वाख्राहरुको सख्या धेरै रहेको उनको भनाई छ । त्यस्तै गाई, भैँसी, बंगुर माछा, कुखुरा लगायतका पशुपन्छिहरुको पनि बिमा भएको छ ।
पशुधनको बिमा गरे बापत सरकारले किसानहरुलाई अनुदान दिन थालेपछि किसानको जोखिम कम हुने भएकाले पनि पशुपालक किसानहरुमा पशुबिमा तर्फ आकर्षण बढेको किसानहरुले वताएका छन् ।
पशु मर्दा किसानलाई आर्थिक रुपमा ९० प्रतिशत र पशु अंपाङग भएमा ५० प्रतिशत अनुदान दिने छ । पशुमर्दा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशु बिमामा अनुदान दिदै आईरहेको छ । गत वर्ष नेपाल सरकारवाट ३२ करोडको हाराहारीमा अनुदान गएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here