२५ प्रतिशतले बढे अन्तर्रा्ष्ट्रिय पर्यटक

0
442

पुस २४, काठमाडौं  / यस वर्ष अन्तर्रा्ष्ट्रिय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१८ मा नेपाल भ्रमणमा आउने अन्तर्रा्ष्ट्रिय पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको अध्यागमन विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार वर्षभरी नै पर्यटक आगमनमा देखिएको उत्साहजनक वृद्धिका कारण सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकहरू नेपाल भित्रिएका छन्। जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतको बृद्धि हो। जसमा हवाईमार्गबाट ९ लाख ६९ हजार २८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७८५ अन्तर्रा्ष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेका छन् ।

हवाईमार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्यामा गत वर्षको तुलनामा २५.१ प्रतिशतले वृद्धि भएको छ। जसअनुसार २ लाख ४ सय ८३ पर्यटक हवाई मार्गबाट भारतीय पर्यटक आएका छन्। यसैगरी श्रीलंकाबाट आउने पर्यटकको संख्यामा गत वर्षको तुलनामा ५५.७ प्रतिशत वृद्धि भएको छ भने सार्क मुलुकभित्रैबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले वृद्धि भएको छ। जसअनुसार कुल पर्यटक आगमन संख्या ३ लाख १ हजार ९६३ पुगेको छ। नेपालको पर्यटकीय बजारको दोस्रो प्रमुख बजार चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार ६०२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन। जुन गत वर्षको तुलनामा ४६.८ प्रतिशतको वृद्धि हो।

यसैगरी थाइ, दक्षिण कोरियाली र जापानी पर्यटकको संख्यामा पनि गत वर्षको तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले वृद्धि भएको छ। यस्तै युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय वृद्धि भएको विभागले जानकारी दिएको छ। संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या क्रमशः १५.६, २३.१ र २१.१ ले यस वर्ष वृद्धि भएको छ। सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भई ९१ हजार ७८५ पुगेको छ।

त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या १५.१ प्रतिशतले बढेर ३८ हजार ४०८ पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक आगमनमा हासिल गरिएको वृद्धिले सबैलाई उत्साहित बनाएको र सन् २०१८ का अन्तिम दुई महिनामा नै करिव ४७ प्रतिशतको वृद्धि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिको लागि बलियो आधार तयार भएको बताएका छन्। थप सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासको फलस्वरूप यो सफलता हासिल भएको र अब गुणात्मक रूपमा पनि पर्यटनको विकास गर्न लागी पर्ने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीका अनुसार नेपाल पर्यटन बोर्डले आफ्नो स्थापना कालदेखि नै अंगिकार गरेको साझेदारीको अवधारणा र सबैको साझा प्रयासले विगत तीन वर्षयता पर्यटन आगमनमा देखिएको लगातारको वृद्धिले सम्पूर्ण पर्यटन सरोकारवालाहरूमा उत्साह र आत्मविश्वासको संचार गरेको बताए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here