दुर्घटनामा परी पैदलयात्रीको मृत्यु

0
149

२१ पौष, दमक / पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–४ स्थित एकता चोकमा सवारी दुर्घटनामा परी शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ बस्ने शिव लामिछाने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई मे१ख १९५७ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका लामिछानेलाई उपचारका लागि प्रहरीले आम्दा अस्पताल दमक लगिएको थियो ।

अस्पताल पु¥याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक लामिछानेलाई ठक्कर दिने ट्रक र चालक पाँचथर भारपा बस्ने ३२ वर्षीय निर्मल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here