वैद्य र विप्लवसहित तीन पार्टी एक हुँदैछौ = गोपाल किराती

0
269

दमक १९ पुष /  नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किरातीले शसस्त्र विद्रोहको माध्यमबाट भएपनि मुलुकमा साम्यावाद नआएसम्म लड्ने बताएका छन् ।

झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै किरातीले प्रचण्ड नेतृत्वले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाउदै अब नेत्रविक्रम चन्द विप्लव र मोहन बैद्यको नेतृत्वमा रहेको पार्टीसँग छिटै एकता हुने पनि जानकारी दिनुभयो ।

तीन पार्टी एकैठाउँ हुनसकेमात्र विद्रोहले मुर्त रुप लिने उहाँको भनाइ छ । उहाँले महान जनविद्रोहको नीति छोडेर प्रचण्ड नेतृत्वको टीमले गल्ती गरेको भन्दै माओवादी केन्द्रले माओवादलाई कायम राखेको बताउनु भयो । पत्रकार सम्मेलनमा प्रदेश नं एकमा १ सय ५१ सदस्य समिति रहेको प्रदेश समिति बनेको जानकारी दिइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here