फिल्मी क्षेत्रमा वर्षा राउतले भोगेको गोप्य कुरा

0
271

पुस ३,
म्युजिक भिडियोमा कहलिएकी वर्षाराउतलाई फिल्ममा डेब्यु गर्न कुनै गाह्रो थिएन । नायिका वर्षा राउतलाई फिल्म क्षेत्रकी सफल नायिकाको रूपमा हेरिन्छ । म्युजिक भिडियोमा राम्रो छाप बनाइसकेकी वर्षाले फिल्म ’नाईं नभन्नू ल ४’बाट फिल्मी करिअरको सुरुवात गरेकी थिइन ्। त्यसपश्चात् वर्षाले धेरै सफल फिल्ममा काम गरिसकेकी छन्र्। धेरै फिल्मको अफर थियो तर उनले डेब्युका लागि ’नाईं नभन्नू ल ४’ छानिन्। उनी भन्छिन् ।’अफरहरू पहिला पनि आएका थिए तर राम्रो टिम र राम्रो व्यानर पाएपछि नाईं नभन्नू ल ४ मा काम गरेँ।’ वर्षालाई नाईं नभन्नू ल २ र ३ मा समेत अफर गरिएको थियो तर समय नमिलेपछि उनले २ र ३ मा काम गर्न पाएकी थिइनन् ।

नाईं नभन्नू ल ४ को अफर लिएर वर्षालाई सुवोध आचार्यले फोन गरेका थिए। सुवोधले वर्षालाई विकासराज आचार्यसँग भेट गराए । ’विकास दाइसँग भेटेपछि फिल्मका लागि ओके गर्नुभएको थियो’, वर्षा सुनाउँछिन्। नाईं नभन्नू ल हिट सिरिज थियो। त्यसको चौथो सिरिजबाट डेब्यु गर्न पाउँदा आफू निकै खुसी भएको वर्षा बताउँछिन्। ’एकदमै हिट सिरिजबाट डेब्यु गर्न पाउँदा निकै नै खुसी भएकी थिएँ’, उनी भन्छिन्, ’फिल्ममा राम्राराम्रा कलाकारहरू जोडिनुभएको थियो। त्यसैले उहाँहरूको जत्तिको काम गर्न नसक्ने हुँ कि भनेर खुसीसँगै नर्भस पनि उत्तिकै थिएँ।’ तर वर्षाले राम्रो टिम पाइन्।

यस फिल्ममा धेरैले सहयोग गरेको वर्षा बताउँछिन्। वर्षाको पहिलो सिन गट्ठाघरको कृष्ण मन्दिरमा खिचिएको थियो। त्यहाँ प्रियंका कार्की, पल शाह, अनुभव रेग्मी र वर्षाको संयुक्त दृश्य थियो। मन्दिरमा पूजा गरेपछि फिल्ममा उल्लेखित पात्रको संवाद त्यहाँ छायांकन भइरहेको थियो। वर्षा निकै लजाउने गर्थिन्। डाइलग बोल्ने बेला लाजले हाँसिहाल्थिन्। ’त्यो बेला मलाई निकै लाज लाग्थ्यो। लाजले डाइलग पनि बोल्न सक्दिनथेँ। हाँसिहाल्थेँ’, उनी सम्झिन्छिन्, ’सुटिङको दिनचाहिँ डाइलग पूरै रटेर गएकी थिएँ। सबैले सम्झाएपछि बल्ल काम गर्न सकेँ।’ वर्षाले फिल्मको पहिलो दृश्य दुई टेकमा ओके गराएकी थिइन्। म्युजिक भिडियोमा काम गरिरहेकी वर्षालाई अभिनय गर्न भने खासै गाह्रो भएन। उनी भन्छिन्, ’अभिनय त गर्न सक्थेँ तर डाइलग बोल्न भनेपछिचाहिँ मलाई निकै सकस पर्थ्यो।’ नाईं नभन्नु ल ४ सफल भयो। यस फिल्मबाट वर्षाले पनि प्रशंसा नै पाइन्। यस फिल्मले आफ्नो करिअरमा धेरै सहयोग गरेको वर्षा बताउँछिन्।

उनी भन्छिन्, ’मलाई डेब्यु फिल्मले नै धेरै दर्शकमाझ चिनाइदियो। मेरो कामको प्रशंसा नै भयो। यसै फिल्मका कारण अन्य फिल्ममा पनि काम गर्ने अवसर पाएँ।’ वर्षा नाईं नभन्नू ल ४ आफ्नो फिल्म करिअरको बलियो जरा भएको बताउँछिन्। उनी भन्छिन्, ’नाईं नभन्नु ल ४ मेरो फिल्मी करिअरको मजबुद जरा बन्यो। त्यसैले पहिलो फिल्मबाट नै राम्रो परिचय बनाउन सकेँ।’ वर्षा ’नाईं नभन्नू ल ४’ प्रदर्शन अगवै फिल्म ’छक्का पञ्जा’मा अनुबन्धित भएकी थिइन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here