झापामा ‘हेलो साक्षी’ कार्यक्रम शुरु

0
450

पुस ३,झापा / सरकारी पक्षका मुद्दामा साक्षी बसेका व्यक्ति नआइ दिँदा अदालतको फैसला एक पक्षीय हुन थालेकोले न्याय सम्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले झापामा ‘हेलो साक्षी’ कार्यक्रम शुरु गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय झापाले पुस १ गतेदेखि हेलो साक्षी कार्यक्रम शुरु गरेको हो ।

मंसीर २४ गते सरुवा भएर झापाका आएका सरकारी वलिक कार्यालयका जिल्ला न्यायधिवक्ता केशवप्रसाद पन्तले यस कार्यक्रमलाई निरन्तरता दिएको हो। राज्य पक्षले हेर्ने अपराधिक घटनामा प्रहरीले स्थानीयको साक्षीसहितको मुचुल्का तयार पारेर सरकारी वकिल कार्यालयमा पेश गर्छन्। सो मुचुल्काको आधारमा सरकारी वकिलले पीडित परिवारको पक्षबाट अदालतमा मुद्दा लड्छन्। तर सरकारी पक्षका साक्षी बोलाएको समयमा नआउँदा वा खबर नपुग्दा अदालतको फैसलामा समस्या आइरहेको थियो ।

‘अबदेखि जिल्लामा हेलो साक्षी कार्यक्रम सुरु भयो’ जिल्ला न्यायाधिवक्ता पन्तले भने, ‘सरकारी पक्षका साक्षीलाई पहिले नै कार्यालयका कर्मचारीले सम्पर्क गर्छन् र त्यपपछि साक्षीलाई आफू नजिकैको प्रहरी कार्यालयमार्फत अदालतमा पेश हुन आग्रह पनि गछौं।’ जिल्लामा यस कार्यक्रम लागुले साक्षी नआउने, हराउने र जानकारी नपाउने समस्याको अन्त्य हुन्छ’ उनले भने। साथै साक्षी दिन आउने व्यक्तिको सेवासुविधा पनि राज्यले दिने व्यवस्था गरेको छ। कुनै पनि साक्षीले अदालतमा वकपत्र दिन आए उनलाई नायव सुब्बा सहर एकदिनको टिडीए (यातायात र भत्ता) वापत्त १२०० रकम उपलव्ध हुन्छ।

सो रकम प्रहरी कार्यालयमार्फत साक्षीले पाउने न्यायाधिवक्ता पन्तले बताए। उनका अनुसार साक्षीले टिडिए वापत रकम पाउने अधिकांश नागरिकलाई थाहा नहुँदा उनीहरू आफ्नै खर्च गरेर अदालत आउन चाहन्न, त्यसैले राज्यले उनीहरूको लागि रकमको व्यवस्था गरेको छ।

यता प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार वकिल कार्यालय पत्र अनुसार अदालतमा आउने साक्षीलाई टिडिए वापत रकम उपलब्ध गराउँदै आएको बताए। ‘साक्षीले आफ्नो यति रकम खर्च भएको भनि फारम भरेर मुद्दा चल्ने प्रहरी कार्यालयमा बुझाएपछि उनीहरूलाई रकम उपलब्ध गराइरहेका छौं’ उनले भने।

हाल सरकारी वकिल कार्यालय झापामा चालु आर्थिक वर्षमा १३११ मुद्दा दर्ता भएको छ। सरकारी कार्यालय मार्फत जिल्लामा ६० प्रतिशत, उच्चमा ५० प्रतिशत र सर्वोच्चमा ४० प्रतिशत मुद्दामा उपल्बधि हासिल भएको तथ्यांक रहेको जनाइएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here