पूर्वका जिल्ला सहित देशभर जाडो बढ्यो, इलाम , पाँचथर र ताप्लेजुङमा हिमपात

0
596
vf]8k] ahf/df lxdkft bz/yrGb /fhdfu{cGtu{t vf]8k] ahf/df k/]sf] lxpF . zlgaf/ /flt k/]sf] ef/L lxdkftn] cj?¢ ag]sf] /fhdfu{ cfOtaf/ lbpF;f]af6 ;~rfngdf cfPsf] 5 . tl:a/ Mljgf]b l;+x lji6, a}t8L, /f;;

इलाम, ४ पौष /  केही दिनदेखि देशभरको मौसम बदलि भएको छ । जसका कारण पूर्वका जिल्ला सहित देशभर जाडो बढ्दै गएको छ, भने देशका उच्च हिमाली र पहाडी भूभागमा भारी हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात को प्रभावले नेपालमा मौसम बदली भइरहेको हो ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा ’फेथाइ’ चक्रवात हाल उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा अझै केहिदिन असर पर्ने, देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हिमपात हुने बताइएको छ ।
इलाममा हिमपात
इलाम र पाँचथर र ताप्लेजुङमा हिमपात चिसोका कारण इलाम सदरमुकाम सहित जिल्लाको उच्च क्षेत्रको जनजिवन प्रभाबित भएको छ । पौष १ गते बेलुकादेखि नै जिल्लाको हिमाली क्षेत्रमा लगातार पानी पिररहेकोले चिसो अत्याधिक बडेका करण उच्च भेगमा जनजिवन प्रभाबित भएको छ ।

जिल्लाको धरै उचाइमा रहेको सन्दकपुर, जौबारी , तुम्लिङ र माइजोगमाइको आसपासमा हिउँ परिरहेकोले चिसो अत्याधिक बडेको छ । उनिहरु घर बाहिर निस्कन सकिरहेका छैन्नन् । धेरै चिसोको कारण गाई बस्तुहरुको समेत बिजोक भएको छ । पानी परे संगै बाटो हिलो र बाटोमा हिउ भएकाले यातायतको साधनहरु चल्न सकेका छैन र स्थानिय बिद्यालयहरु पनि चिसोको कारण बन्द भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here