दमकमा भाग्यशाली वित्तीय सहकारीको शुभारम्भ

0
334

दमक २८ मंसिर/ दमक ६ स्थित भाग्यशाली वित्तीय सहकारी संस्थाले गत २६ गते बुधबारवाट  कार्य शुभारम्भ गरेको छ ।

संस्थामा प्रारम्भमा नै ३ सय ३६ जना सेयर सदस्य सम्मिलित २ करोड २४ लाख ९० हजार ६ सय १९ रुपैयाँ सञ्चित पूँजी रहेको अध्यक्ष ईश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले सरकारको नियम अनुसार ५० हजार सेवा लिने सदस्यलाई विमा गरिदिने नियम रहेको बताउनु भयो ।

संस्थामा जीवनप्रसाद चौलागाईँ सचिव र सुदिप अधिकारी ब्यावस्थापक रहेको जनाइएको छ । यस संस्थाको कार्यालय दमक चोक उत्तर बेलडाँगी रोडमा रहेका छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here