लेटाङका कृषक कफी खेतीतर्फ आकर्षित

0
299

दमक, २७ मंसिर / मोरङको लेटाङमा ३ दिने कफी उत्पादन आधारभूत तालिम आज सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नगरपालिकाको सहयोगमा गुर्दुम कृषि सहकारीले आयोजना गरेको तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो ।

यस क्षेत्रमा एउटै किसानले २ देखि ३ रोपनीसम्म कफी खेती गर्न सक्ने र कफीकोलागि वातावरणपनि अनुकुल भएकाले कफी खेती गर्न कृषक उत्साहित भएकोले राष्ट्रिय चिया तथा कफी विकास वोर्ड सदस्य भोजराज प्रधानले नीतिगत सहयोग गर्ने बताउनु भयो ।

गाउँपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको क्षेत्रीय कार्यालय विर्तामोडका कृषि प्राविधिक नविन कोइरालाले सहजीकरण गर्नुभएको थियो । तालिम सहकारीका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here